निर्माण व्यवसायी अपहरण गर्दै गर्दा ४ जना पक्राउ

फाइल फोटो गूगलबाट
भदौ २६, २०७६

कास्की– निर्माण व्यवसायी अपहरण गरेको अभियोगमा ४ जना पक्राउ परेका छन ।

पोखरा महानगरपालिका–६ लेकसाईड बस्ने निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा पोखरा महानगरपालिका–९ शान्तिवनबाट ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–१५ बस्ने ४२ वर्षीय गौतम थापा, सोही महानगरपालिका–२ अर्चलबोट बस्ने ३४ वर्षीय रोहीत सुनार, सोही महानगरपालिका–८ बस्ने ५० वर्षीय बासुदेब पोखरेल र सोही महानगरपालिका–१० बस्ने ५४ वर्षीय प्रेम बहादुर थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

अपहरणमा प्रयोग गरिएका सवारी साधनहरु सहित प्रहरीले पक्राउ गरेको छ ।

निर्माण व्यवसायीलाई सोही महानगरपालिका–९ नयाँबजारबाट केही व्यक्तिहरुले जबरजस्ती गाडीमा हाली मोटरसाइकलले स्कटिङ गर्दै अपहरण गरी लैजादै गर्दा प्रहरीले पक्राउ गरेको थियोे ।

अपरहणमा परेका व्यवसायीलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको  र हाल स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।   

 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस