मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भदौ २७, २०७६
बुटवल – रूपन्देहीको सियारी गाउँपालिकाको करोडौं रूपैयाँ मूल्य बराबरको जग्गा भूमाफियाले कब्जा गरेका छन् ।
सियारी गाउँपालिका–१ (साविक चिल्हिया गाविस) को कित्ता नम्बर ४५ को ४ बिगाहा ९ कट्ठा ६ धुर जग्गा भूमाफियाले कब्जा गरी व्यक्तिको नाममा बनाएका छन् ।
साढे चार बिगाहा जग्गा रूपन्देहीको देवदह–१ (साविक केरवानी गाविस–२) ढेकवारका विशाल तामाङको नाममा लालपूर्जा बनेको छ ।
सरकारी स्रेस्ताको जग्गामा कसरी व्यक्तिको नामको लालपूर्जा बन्यो भन्ने प्रमाण मालपोत कार्यालयबाटै ‘गायब’ पारिएको छ । साबिकको चिलिया गाविस–९ सोनारेट गाउ“ अहिलेको सियारी गाउ“पालिका–१ मा पर्छ । जग्गा स्थानीय चिलिया माविले २०३५ सालदेखि प्रयोग गर्दै आएको थियो ।
रूपन्देहीको गाविस/नगरपालिका नखुलेको तर वडा नम्बर २ उल्लेख भएको शंखबहादुर तामाङको नाति देवबहादुर तामाङको छोरा विशाल तामाङले मालपोत कार्यालय भैरहवाबाट २०७१ माघ १८ गते जग्गाको लालपूर्जा बनाएका छन् । सो जग्गा कब्जाको विषयले रूपन्देहीमा तरंग ल्याएको छ ।
सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारूले जनप्रतिनिधि नआउँदै भूमाफियाले कब्जा गरी लालपूर्जा लिएको पाइएको बताए । ‘यो सरकारी जग्गा हो । लालपूर्जा बनाउने तामाङ नेपाली कांग्रेस रूपन्देही सभापति तथा पूर्व खानेपानी राज्यमन्त्री अब्दुल रज्जाकको स्वकीय सचिव रहेछन् । यसलाई गम्भीरताका साथ लिई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउँछौं,’ उनले थपे, ‘कांग्रेस सरकारमा रहेको बेला विभिन्न जालझेल गरी कब्जा गरेको देखिन्छ । हामी यसलाई रोकेरै छाड्छौं ।’
कांग्रेस रुपन्देही सभापति रज्जाकले तामाङ आफ्नो स्वकीय सचिव नभएको बताए । ‘तामाङ तरुण दलमा आवद्ध छ । के पोस्टमा छ त्यो पनि मलाई थाहा छैन,’ रज्जाकले लोकान्तरसँग भने, ‘कांग्रेस कार्यकता चाहिँ हो । म मन्त्री हुँदा स्वकीय सचिव भएको थिएन । अझै बुझ्न पनि सकिन्छ तर सरकारी जग्गा कब्जा गर्नेलाई जो कोही भएपनि संरक्षण गर्न हुँदैन ।’
सियारी गाउँपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्नुको साटो भूमाफियासँग साँठगाठ गरी जग्गा व्यक्तिको नाममा दर्ता गर्न सिफारिस दिएको आरोप कांग्रेसमाथि लागेको छ ।
तामाङलाई पटक–पटक सम्पर्क गर्दा खोज्दा उनको फोन रिसिभ भएन । उनी ठेक्कापट्टाको काम गर्छन् । उक्त जग्गा २०७५ मंसिर २६ गते मालपोतबाटै प्रतिलिपि पनि लिएका छन् । मालपोतको स्रेस्तामा मिसिल नम्बर २८ बाट जग्गा विशालको नाममा आएको उल्लेख छ तर मालपोत कार्यालयमा ‘मिसिल नम्बर २८ नै गायब’ छ ।
मालपोत र नापी कार्यालयको फिल्ड बुकमा अहिले पनि जग्गा ऐलानी उल्लेख छ । क्षेत्रफल ४ बिघा ६ कट्ठा ९ धुर नै छ तर मालपोत कार्यालयले जारी गरेको लालपूर्जामा जग्गाको क्षेत्रफल ४ बिघा ९ कट्ठा ६ धुर उल्लेख छ ।
‘जग्गा सरकारी नै हो,’ मालपोत कार्यालयका सूचना अधिकारी ईश्वरी अर्यालले भने, ‘खै कसरी व्यक्तिको लालपूर्जा बन्यो, मिसिल र सबै कागज खोजी हुनुपर्छ ।’ जग्गा भैरहवाको लखनचोकबाट पश्चिममा पर्छ । जग्गा तिनाउ नदीको उकास क्षेत्र हो । जग्गा नजिकै २ ठूला उद्योग पनि छन् ।
खोला किनारसमेत भएकाले त्यस जग्गा आसपासबाट वडा कार्यालयले वार्षिक १ करोड रुपैया“ बढीको नदीजन्य पदार्थ मात्र बिक्री गर्छ । जग्गाको मूल्य प्रतिकट्ठा १० लाख रुपैया“भन्दा बढी पर्छ । वडाध्यक्ष अरुणकुमार शाहीले सरकारी जग्गा भएकाले विद्यालयले २०३५ सालदेखि नै उपयोग गर्दै आएको बताए । ‘अहिले व्यक्तिले लालपूर्जा बनाएको सुनेका छौं,’ उनले भने, ‘तर उपभोग गर्न दिँदैनौं ।’
जग्गा माफियाले आफूलाई अनेक प्रलोभन र धम्की दिएर अहिले पनि सिफारिस माग्ने गरेको तर नदिएको उनले बताए । स्थानीयको सरजमिन मुचुल्का विना नै मालपोत कार्यालयको मिलेमतोमा जग्गा व्यक्तिको नाममा गएको भन्दै उनले त्यसको अनुसन्धान गरी लालपूर्जा खारेज गर्न माग गरे ।
नेकपा देवदह–१ वडा कमिटी अध्यक्ष गणेश खालीले तामाङ रज्जाकको नजिकको व्यक्ति भएको दाबी गरे । उनले स्थानीय तहको निर्वाचनको बेलामा तामाङ देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीको प्रचारप्रसारमा हिँड्ने गरेको बताए । रज्जाक रुपन्देही आउँदा पनि उनीसँग हिँड्ने गरेको उनले बताए ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...