×

NMB BANK
NIC ASIA

विश्वमा नेपालका नेताहरूको माग बढ्दो छ : परराष्ट्रमन्त्री ज्ञवाली

भदौ २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपालको छवि विश्व समुदायमाझ नयाँ उचाइमा पुगेको बताएका छन् ।

Muktinath Bank

असल छिमेकी सम्बन्ध कायम गर्दै मुलुक अगाडि बढ्दै गरेकाले विश्वसामु नेपालको छवि, रूचि र आकर्षण बढ्दै गएको दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रेस संगठन नेपाल रूपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले भने, ‘नेपालको छिमेकी देशहरूसँगको सम्बन्ध गुणात्मक रूपमा अगाडि बढेको छ । अन्य देशहरूले नेपालले पनि भनाइ/आवाजलाई सुनुवाइ गर्न थालेका छन् । नेपालका नेताहरूको पनि खोजी बढ्दो छ । यसले प्रष्ट हुन्छ देशको छवि बढ्दो छ ।’


Advertisment
Nabil box
Kumari

नेपालको चीन र भारतसँगको सम्बन्ध समान भएको बताए । ‘हामी असल छिमेकी सम्बन्ध निर्माण गरेर अगाडि बढेका छौं । चीन र भारतसँग विकासमा हामी साझेदारी गरेर अगाडि बढ्छौं । दुवै देशसँग हाम्रो आर्थिक साझेदारी रहन्छ,’ ज्ञवालीले भने, ‘मुलुकले कहिल्यै नाकाबन्दीको सामाना गर्नु पर्दैन ।’

Vianet communication
Laxmi Bank

चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण पूर्ण रुपमा फलदायी रहेको बताए । सरकार बढीभन्दा बढी अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्ने लक्ष्यका साथ अगाडि बढेको बताए । सरकारले केही गरेन भनेर निराशा हुनुपर्ने अवस्था मुलुकमा नरहेको परराष्ट्रमन्त्री ज्ञवालीले स्पष्ट पारे । 

‘राम्रा कामको प्रचारप्रसार हुन नसक्दा केही धमिलो पानीमा मार्छा मार्न पल्केका तत्वले सरकारप्रति नकारात्मक प्रचार गरेको छ तर त्यस्तो अवस्था छैन,’ मन्त्री ज्ञवालीले भने ।

देशमा ७.१ प्रतिशतको आर्थिक वृद्धिदर हुनु सामान्य कुरा नभएको ज्ञवालीको भनाइ छ । ‘देशमा परिर्वतन भएका छन् । विकास भएको छ । समृद्धिको बाटो कोरिएको छ । ज्ञवालीले सरकारले ५ वर्षे कार्यकाल पूरा गर्दा मुलुक अल्पविकसित देशबाट विकसित राष्ट्र बन्ने बताए । ‘हामी अब जनतासँग जोडिनको लागि नयाँ अभियानका साथ आउँदैछौं । पार्टी र सरकारले गरेका काम जनतालाई स्पष्ट रुपमा बुझाउँछौं,’ उनले थपे । चिनियाँ राष्ट्रपति नेपाल आउन अहिले उपयुक्त समय रहेको उनले बताए । 

उनले नेपाल भारत सीमा व्यवस्थित गर्ने काम भइरहेको बताए । खुला सीमानाको दुरुपयोग भइरहेको भन्दै त्यसलाई व्यवस्थित गर्ने काम सरकारले गरिरहेको बताए । उनले भारततर्फका ८ हजार ५ सय ५७ पिल्लर व्यवस्थित बनाउन सरकारले काम गरिरहेको बताए । 

‘मुलुकमा भ्रष्टाचार कम हुँदै गएको मन्त्रीले दाबी गरे । कमाइ बढी हुने कार्यालयमा कर्मचारी जान मान्दैनन् । यसले के अर्थ लाग्छ भने भ्रष्टाचारका प्वालहरू क्रमशः पुरिँदै गएका छन् तर पूर्ण रुपमा नियन्त्रण भएको छैन,’ ज्ञवालीले भने । ज्ञवालीले पार्टी एकीकरणका आधारभूत कामहरू सबै सकिएको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x