×

NMB BANK
NIC ASIA

साताको शेयर बजार : १ अर्ब ५६ करोडको कारोबार

भदौ २८, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

काठमाडौं – धितोपत्र बजारमा यस साता पनि शेयर कारोबार मापक नेप्से आरोलो लाग्ने क्रम जारी रह्यो । साताभर बजार ‘बियरिस टे«न्ड’मा रहँदा लगानीकर्ताले नराम्ररी गुमाए ।

Sagarmatha Cement
Muktinath Bank

साताभरिमा नेप्से ३३.१९ अंकले घट्यो । बजार लगातार ओरालो लाग्दा लगानीकर्ताको सहभागिता पनि घट्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साताभर १७३ कम्पनीको ६६ लाख ५५ हजार १६४ कित्ता शेयर १ अर्ब ५६ करोड ३ लाख ९९ हजार बराबरको कारोवार भयो ।


Advertisment
Nabil box
Kumari

गत बिहीवार अर्थात् भदौ १९ गते नेप्से ३.७ बिन्दूले घटेर १ हजार १९१.०७ बिन्दूमा पुगेर बन्द भएको बजार साताको पहिलो दिन पनि घट्दो क्रममा नै शुरू भएको थियो । 

Vianet communication
Laxmi Bank

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो । परिसूचक १२.६१ बिन्दूले घटेर १ हजार १७८.४६ मा झर्‍यो ।

नेप्से घटेपछि कारोबार रकम पनि सामान्य नै रहन पुग्यो । १६५ कम्पनीको ११ लाख ७३ हजार ४८८ कित्ता शेयर ३० करोड ५३ लाख १० हजार ७१९ रुपैयाँमा कारोबार भयो । 

सोमवार पनि बजारको अवस्था उस्तै रह्यो । त्यसदिन १७३ कम्पनीको १४ लाख २८ हजार ८३८ कित्ता शेयर २९ करोड ९२ लाख रुपैयाँमा कारोबार भयो । 

साताको तेस्रो दिन पनि नेप्से ओरालो लाग्यो । सो दिन नेप्से २.२४ बिन्दूले घटेर १ हजार १६६.६७ बिन्दूमा झर्‍यो । १७२ कम्पनीको ९ लाख ९२ हजार १२२ कित्ता शेयर २३ करोड ७९ लाख ५९ हजार ६५३ रुपैयाँ मूल्यमा खरीद–बिक्री भए । 

बुधवार पनि बजार सम्हालिन सकेन । सो दिन नेप्से परिसूचक ३.४६ अंकले घटेर १ हजार १६३.२१ रुपैयाँमा पुगेको छ । सो दिन कूल १७१ कम्पनीका १५ लाख ३ हजार ९२८ कित्ता शेयर ३४ करोड १७ लाख ४५ हजार १३६ रुपैयाँमा कारोबार भयो । 

साताको शुरूआतदेखि नै ओरालो लागेको धितोपत्र बजार अन्तिम दिन पनि पनि नेप्से दबाबमा पर्‍यो । सो दिन नेप्से परिसूचक ५.३३ अंकले घटेर १ हजार १५७.८८ पुग्यो । कूल १६८ कम्पनीका १५ लाख ५६ हजार ७९० कित्ता शेयर ३७ करोड ६१ लाख ८४ हजार ४९१ रुपैयाँमा खरीद–बिक्री भए ।

नेपाल स्टक एक्सचेन्जले यसै साता विभिन्न २१ वटा धितोपत्र व्यवसायीलाई मार्जिन कारोबारका लागि अनुमति प्रदान गरेको छ । मार्जिन कारोबार सुविधा लगानीकर्तालाई प्रदान गर्नका लागि ‘मार्जिन कारोबारसम्बन्धी कार्यविधि २०७५’ अनुसार उनीहरूलाई अनुमति दिइएको हो ।

मार्जिन कारोबारका लागि कर्जा प्रवाह गर्ने अनुमतिपत्र प्राप्त गरेका धितोपत्र दलाल व्यवसायीले दिने सुविधाले बजारमा सकारात्मक प्रभाव पर्ने स्टकको विश्वास छ । त्यस्तो सुविधाबाट धितोपत्र कारोबारमा विस्तार भई अर्थतन्त्र थप चलायमान हुने नेप्सेको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x