×

NMB BANK
NIC ASIA

पहिरोले १० घर विस्थापित, २० घर जोखिममा

भदौ २८, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

चौतारा – बस्तीमाथिको पहिरो र बस्ती तलको कोशी–कटानले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीको चोकीडाँडाका १० घर–घरिवार विस्थापित भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

अन्य २० घर उच्च जोखिममा परेका छन् । दैनिक पानी परिरहेकाले माथिबाट पहिरो झरेको र तलबाट भोटेकोशी नदी कटानले तानिरहेको हँुदा स्थानीय विस्थापित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही दिनअघि गाउँमाथिबाट आएको पहिरोले स्थानीय यमबहादुर खड्काको भान्छाकोठा पुरिएको थियो । पहिरोसँगै खसेको अजङ्गको ढुंगा घरभन्दा केही माथि अड्किएर बसेपछि भयभित हुँदै स्थानीय सङ्गी शेर्पा, कालु तामाङ, नुर्पू शेर्पा, निङ्मार शेर्पा, हेमबहादुर गुरुङलगायत १० परिवार भागेर अन्यत्र सुरक्षित ठाउँमा आश्रम लिएर बसेका छन् ।


Advertisment
Nabil box
Kumari

अड्किएर बसेको ढुंगा कतिबेला खसेर क्षति पुर्‍याउँछ भन्ने डरले आफू पनि तातोपानी बजारमा बस्न थालेको स्थानीय भीमबहादुर मगरले बताए ।

Vianet communication
Laxmi Bank

पहिरोबाट विस्थापित परिवारलाई पालिकाले नै भाडा व्यहोर्ने गरी सुरक्षित ठाउँमा कोठा खोजेर बस्न अह्राएको र विपद् व्यवस्थापन समितिबाट पनि केही सहयोगको अपेक्षा राखिएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

त्यहाँ बसोबास गर्ने परिवार विक्रम संवत् २०३८ सालमा आएको बाढीबाटै सुकुम्वासी बनेका थिए । तातोपानी बजार क्षेत्रको सार्वजनिक जग्गामा अस्थायीरूपमा टहरामा बस्दै आएकोमा विक्रम संवत् २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र २०७३ असार २१ को भोटेकोशी बाढीले विस्थापित भएपछि स्थानीय चौकीडाँडाको सार्वजनिक जग्गामा बस्दै आएका छन् तर त्यहाँ पनि सीमा प्रहरी कार्यालयको भवन बन्ने भएपछि त्यहाँबाट पनि विस्थापित हुन पुगेकाले व्यवस्थापनका लागि ३ नम्बर प्रदेश सरकारलाई पत्राचार गरिएको अध्यक्ष पौडेलले बताए ।

भूकम्प र त्यसपछिका पराकम्पले थिलथिलो पारेको जमिनमा तातेपानीस्थित अरनिको राजमार्गबाट माथि रहेको कोदारी जाने ग्रामीण सडक खनेपछि झन् बाढी पहिरोको जोखिम बढेको वडा सदस्य तेजबहादुर तामाङले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x