×

NMB BANK
NIC ASIA

माग बढेपछि दाङका तीन पालिकामा मौरी ‘जोन’ कार्यक्रम शुरू

भदौ २९, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

दाङ- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत दाङमा मकैको सुपरजोन र तोरीको जोन कार्यक्रम सञ्चालनमा छन् ।

चालू आर्थिक वर्षदेखि जिल्लामा फेरि अर्को जोन कार्यक्रम शुरू भएको छ । दाङको जोन क्षेत्र निर्धारण समितिको छनोटको आधारमा र जनताको माग बढेपछि जिल्लामा मौरीको पनि जोन कार्यक्रम थपिएको हो ।

जिल्लामा लामो समयदेखि मह उत्पादन हुँदै आइरहेको छ भने दाङ जिल्ला मौरीपालनमा उपयुक्त पनि मानिन्छ । सोही कारण दाङमा यस वर्षदेखि मौरीको जोन कार्यक्रम शुरू गरिएको जोन निर्धारण समितिका संयोजक तिलबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र जिल्लाका पहाडी क्षेत्र बङ्गलाचुली गाउँपालिकालाई मौरीको जोन क्षेत्रको रूपमा निर्धारण गरिएको हो । उनले जिल्लामा मौरीपालक किसानले आफूले पालेको मौरी जुनसुकै ठाउँमा लगेर पनि पाल्न सकिने जानकारी दिए । त्यसकारण पनि दाङमा यहाँका किसानभन्दा पनि जिल्ला बाहिरबाट चरिचरनका लागि आउनेहरुले दोब्बर मह उत्पादन गरिरहेका छन् ।

परियोजना एकाइले २० घारभन्दा धेरै आधुनिक मौरीपालन गर्दै आएका किसानलाई मौरी जोनमा आवद्ध गर्ने निर्णय गरेको छ । मौरी जोन कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मीले १० वर्षे कार्यक्रमको रूपमा जिल्लामा मौरीको जोन कार्यक्रम लागू भएको बताए ।

उनले मौरी जोन लागू भएको पहिलो चरणमा जिल्लामा मौरी जोनका रूपमा छनोट भएको क्षेत्रको थप अध्ययन गर्ने, मौरीपालक व्यवसायीको क्षमता विकास, सीप विकासमा जोड दिने, मौरी व्यवसायीलाई यान्त्रिकीकरणतर्फ जोड दिनका लागि मेसिन उपलब्ध क्षेत्र छनोट गर्नेलगायतका काम गरिने जानकारी दिए । मौरीपालन व्यवसायीको सहजताका लागि मौरीको रानो उत्पादन गर्ने नर्सरी तथा स्रोत केन्द्र स्थापना पनि गरिने योजना रहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x