सर्वोच्चले खोलिदियो एमबीबीएस परीक्षा सञ्चालनको बाटो

भदौ २९, २०७६

काठमाडौं– सर्वोच्च अदालतले एमबीबीएस प्रवेश परीक्षा सञ्चालनको बाटो खोलिदिएको छ ।

यसअघि सर्वोच्चले भदौ २० गते दिएको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने निर्णय न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले आइतवार सुनाएको हो ।


ADVERTISEMENT

'यस अदालतका एक न्यायाीशको इजलासबाट मिति २०७६/०५/२० मा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्न परेन, अरू कानूनबमोजिम गर्नू,' सर्वोच्चले भनेको छ ।

छात्रवृत्तिको विषय अन्तिम सुनुवाइ हुँदा निरूपण हुन सक्ने र रिट निवेदकले समेत ऐनले तोकेअनुसार नै छात्रवृत्ति पाउन सक्ने अवस्था रहेको सर्वोच्चले आदेशमा भनेको छ ।

हजारौं विद्यार्थी प्रवेश परीक्षामा सामेल हुन तयारीको अवस्थामा रहेको र विभिन्न शैक्षिक प्रतिष्ठानको शैक्षिक शत्रको कार्यतालिका नै प्रभावित हुने गरी अन्तरिम आदेश जारी गर्नु सुविधा सन्तुलनका दृष्टिले हेर्दा पनि मनासिव नदेखिएको सर्वोच्चको ठहर छ ।

भदौ २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस