नेपाल बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, १२ पास गरेकाले पनि दरखास्त दिन सक्ने

भदौ ३०, २०७६

काठमाडौं–नेपाल बैंक लिमिटेडले ठुलो संख्यामा कर्मचारीहरु पदपूर्तीको लागि दरखास्त आह्वान गरेको छ । बैंकले विभिन्न तहहरुमा विभिन्न प्रदेशका लागि छुट्टाछुट्टै दरखास्त आह्वान गरेको हो । 

आज (सोमवार)देखि असोज १९ गते सम्म अनलाइनबाट दरखास्त दिन सकिने बैंकले जनाएको छ । अधिकृतस्तरको सहायक प्रवन्धक ६ तहमा १ सय २७ जना र सहायक प्रवन्धकमा १० जना सीए माग गरेको छ । 


ADVERTISEMENT

प्रदेश नम्बर ३ का लागि १ सय ६७ जना कर्मचारी आह्वान गरिएको छ । सोमवार गोरखापत्रमा प्रकाशित सूचना हेर्नुहोस् 

भदौ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस