भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं – यस वर्ष नेपाल सहित विश्वका विभिन्न भागमा डेंगुका कारण भयावह स्थिति देखिएको छ ।
बढ्दो तापक्रम र बचाउको पर्याप्त उपायको अभावका कारण डेंगु बढेको विशेषज्ञहरूको भनाइ छ ।
वैज्ञानिकहरूको एक समूहले लामखुट्टेजनित रोगमध्ये एक डेंगुबाट बच्नका लागि डेंगुप्रतिरोधी लामखुट्टे जन्माउनका लागि अनुसन्धान गरिरहेका छन् । यसका लागि नौवटा देशमा परीक्षण गरिएको छ र त्यसको परिणाम पनि राम्रो आएको छ ।
लामखुट्टेजन्य रोगसँग डील गर्नका लागि वैज्ञानिकहरू वर्ल्ड मस्क्विटो प्रोग्रामअन्तर्गत काम गरिरहेका छन् । डेंगु फैलाउने भाले र पोथी लामखुट्टेलाई जंगलबाट छाड्नुअघि रोगप्रतिरोधक ब्याक्टेरिया भोल्बाचियाले संक्रमित गराइएको छ । केही हप्तामा मात्र ती भालेपोथीबाट जन्मेका शिशु लामखुट्टे भोल्बाचिया ब्याक्टेरियाका साथ जन्मिन्छन् र रोगप्रतिरोधकका रूपमा काम गर्छन् । यसले डेंगु मात्र नभई चिकनगुनिया र येल्लो फिभर जस्ता रोगबाट पनि बचाउनेछ ।
अस्ट्रेलिया र दक्षिणी भियतनाममा यो परीक्षण सफल भएको छ ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार, यस वर्ष दक्षिणपूर्वी एसियामा डेंगुका ६ लाख ७० हजार घटना सार्वजनिक भए । त्यसमा १८ जनाको मृत्यु भयो । विशेषज्ञहरूका अनुसार, यस वर्षको स्थिति अत्यन्तै खराब थियो ।
डेंगुको मुख्य कारण उच्च तापक्रम हो । संसारभरि जुलाईको महिना अत्यन्तै तातो रह्यो ।
वैज्ञानिकहरूले सन् १९२० मा भोल्बाचिया ब्याक्टेरिया हार्वर्ड विश्वविद्यालयको नालीमा भेटिएका लामखुट्टेमा भेटेका थिए । सिंगापुर र मलेसियामा अहिले पुरुष लामखुट्टेमा भोल्बाचिया ब्याक्टेरिया उपयोग गरिएको छ ।
एजेन्सी
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...