×

NMB BANK
NIC ASIA

पुर्खाको नासो ‘सिस्नो खोस्ने पर्व’

भदौ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङ–‘रुनासुङ्गे, पुसापु, घुँयाली...’ गीत गुञ्जिइरहेको छ । एकनास बजिरहेछ, ढ्याङ्ग्रो । बारीको देउता पूज्ने ढुङ्गा छेउ टुक्रुक्क बसेका छन्, ८० वर्षीय गुरुबा जङ्गबहादुर रोका । रनवन पुकार्दै उनी गीत भट्याउँछन्, अरु गला मिलाउँछन् । ढ्याङ्ग्रोको तालमा गाइने उक्त गीतलाई ‘वन गन्ने’ पनि भनिन्छ । 

Muktinath Bank

यी शब्द र दृश्य ताराखोला गाउँपालिका–४ तारागाउँको परम्परागत ‘भदोरै सिस्नो खोस्ने पर्व’को हो । पर्वको वर्णन यत्तिकैमा सकिन्न । कथा लामो छ । पूजा र बली दिने ढुङ्गा जसलाई गाउँलेले डम्मरु (उखुरधुम) भन्छन्, त्यसकै आडमा कटुस र अम्रिसोको लिङ्गो गाडिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लिङ्गोलाई स्थानीय भाषामा ‘सितम सेउला’ र ‘बजा सल्ला’ भन्ने गरिन्छ । लिङ्गोमुनि पूजा, धूपबत्ती चलिरहेको छ । गुरुबासँगै पूजारीले बीचबीचमा सगुन पिइरहेका छन् । गीतमा वन गन्दै जाँदा तोकिएको ठाउँमा रोकिएर सगुन लिने (फलाम खाने) चलन छ । गाउँका साँध सीमामा रहेका वन, बुकी, खर्क र गोठलाई गीतमार्फत सम्झिइन्छ । 


Advertisment
Nabil box
Kumari

गीतलाई बूढापाकाले बाचा बाँधेको रुपमा पनि लिन्छन् । खाम भाषामा गाइने भएकाले जो कोहीलाई गीत बुझ्न कठिन पर्छ । पुर्खा कुलपितृ र देवीदेवतालाई गीतबाटै घुमाएर कुल (हेम्थो) घरमा ल्याएर राखिन्छ । वन गन्दै जाँदा बीचतिर पुगेपछि राँगोको बली दिने बेला हुन्छ । बली दिँदा ढ्याङ्ग्रोको ताल पनि फर्कन्छ ।

Vianet communication
Laxmi Bank

जिउँदो राँगोको सात करङ भाँचेपछि मुटु निकालेर कुल घरको सिरानमा चढाउने परम्परा छ । बिहान ४ बजे राँगोको बली दिएपछि पुनः ढ्याङ्ग्रोको तालमा गीत (वन गन्ने) शुरु हुन्छ । गीतबाट घुमाइफिराइ पितृलाई कुल घरमा ल्याएपछि दिउँसोपख सुँगुरको बली दिने बेला हुन्छ ।

कुल घरको पछाडि बारीमा रहेको डम्मरु (उखुरधुम) ढुङ्गामा सुँगुरको बली दिइन्छ । उल्टो पारेर लिङ्गोमा झुण्डाइएको सुँगुरको मुख काटेर रगत देउतालाई चढाउने चलन छ । पूजापाठपछि सुँगुरको मुटुपनि झिकेर लिङ्गोमाथि चढाइन्छ । गीतबाट वन गन्ने, पूजापाठ र बली दिने काम सकिएपछि बल्ल सिस्नो खोस्ने तयारी शुरु हुन्छ ।

बली दिइएको सुँगुरको साँप्रोलाई सिस्नोको मुठाभित्र बाँधिन्छ । एकाथरी ढ्याङ्ग्रो र झ्यालीको तालमा गीत गाउँदै अघि बढ्छन् । पछिपछि सुँगुरको साँप्रो राखिएको सिस्नोको मुठा बोकेका युवा जमात हुन्छन् । समूहमा ‘आयो, आयो..’ भन्दै गीत गाउने गरिन्छ ।

बारीको पल्लो छेउ मौलिक वेशभूषामा सजिएर सिस्नो खोस्न तम्तयार युवतीहरु हुन्छन् । हातमा सिस्नो समातेका युवकहरु युवतीको छेउछाउ पुग्छन्, सिस्नोले हातमा छोइदिन्छन्, जिस्किन्छन् । केटा पक्षले सिस्नोमा बाँधेर ल्याएको सुँगुरको साँप्रो खोस्न होमिन्छन् युवतीहरु । अनि शुरु हुन्छ तानातान र खोसाखोस ।

यो दृश्य निकै नै अनौठो र रोमाञ्चक देखिन्छ । कोही घोडा र शिकारीको भेषमा नाचिरहेका हुन्छन्, कोही सारङ्गी बजाउँदै हिँड्छन् । ढ्याङ्ग्राको ताल झन्झन् जोडले बज्न थाल्छ । युवायुवतीबीच खोसाखोस र ठेलमठेल चलिरहेकै हुन्छ । अन्तिममा एक पक्षले जित्छ । जसले जितेपनि सँुगुरको साँप्रोको मासु प्रसादका रुपमा सबै मिलेर खान्छन् ।

युवतीले जिते युवकहरुले दण्ड तिर्नुपर्ने चलन छ । यसरी नै वर्षौँदेखि तारागाउँका मगर समुदायले भदोरै सिस्नो पर्व मनाउँदै आएका छन् । यसपालि पनि चार दिनसम्म चलेको पर्वलाई गाउँलेले मङ्गलबार बिदा गरे । “भदोरै हाम्रा शाखा, पुर्खा यहाँ आउँदा लिएर आएको पर्व हो,” गुरुबा रोकाले भने, “यो गाउँलेको पूजा हो । गाउँलाई राम्रो होस् भनेर गरेको हो ।” 

हरेक दुई वर्षको फरकमा भदौ शुक्ल पक्ष (उजेली पक्ष) पारेर भदोरै पर्व मनाउने गरिन्छ । शनिबारदेखि शुरु हुने पर्वलाई मङ्गलबार अन्त्य गर्ने परम्परा रहेको स्थानीयवासी रविन घर्तीले बताए। पहिलो दिन गाउँका बूढापाकाले र दोस्रो दिन अविवाहित युवायुवती तथा बूढापाका मिलेर बाटो सरसफाइ गर्ने चलन छ ।

यस्तै, तेस्रो दिन सोमबार तारागाउँको सरसफाइ गरेपछि भिस्टल्ला भन्ने ठाउँमा मही चढाउने, बाँड्ने र खाने गरिन्छ । सोही ठाउँमा पहिले लेकबाट आएका गोठालाले ठेकीमा नौनी घिउको बिर्को लगाएर मही लिएर आउने गरेको स्थानीयवासी बताउँछन् । “सोमबार साँझदेखि पूजापाठ शुरु हुन्छ र मङ्गलबार बेलुका पर्व सकिन्छ,” घर्तीले भने।

सोमबार राति ‘सितम सेउला’ र ‘बजा सल्ला’ राख्ने, वन गन्ने (गीत गाउने) काम हेम्थो (कुल) घरकै भित्र हुन्छ । राँगोको बली पनि कुल घरकै आँगनमा दिने गरिन्छ । स्थानीयवासी रिमबहादुर घर्तीको घरलाई गाउँलेले कुल घर मान्दै आएका छन् । घर्तीका बुबा मुखिया भएकाले सोही घरलाई पछि कुल घरका रुपमा लिइएको हो ।

पर्वको अन्तिम दिन मङ्लबार भने पूजापाठ, बली, सिस्नो खोस्ने काम कुल घरकै पछाडिको बारीमा हुन्छ । अन्तिममा कुल घरकै आँगनमा सिस्नो खोसेपछि भदारै पर्वको अन्त्य हुन्छ । यसपालि भदोरै पर्वलाई व्यवस्थित रुपमा सञ्चालन गरिएको मगर समाजका अध्यक्ष झकबहादुर घर्तीले बताए। 

“भदोरै सिस्नो खोस्ने पर्व हाम्रो ऐतिहासिक पर्व हो, यसको जगेर्ना हुनुपर्छ भनेर हामी लागिपरेका छौँ,” उनले भने। पर्वको आयोजना र व्यवस्थापन मगर समाज तारागाउँले गरेको थियो । छिमेकी गाउँहरुबाटसमेत पर्व अवलोकन गर्न आउने मानिसहरुको घुइँचो लागेको थियो । 

ताराखोला गाउँपालिका–४ र ५ को साझा पर्वका रुपमा भदोरै सिस्नो खोस्ने पर्वलाई लिइएपछि अहिले सिङ्गै गाउँपालिका र जिल्लाकै पहिचानसँग जोडिएको छ । कुलपितृको उद्धार, गाउँलेको भलो होस्, सुख, ऐश्वर्य मिलोस्, रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै भदोरै पर्व मनाउने गरिन्छ ।

झण्डै ३०० वर्षअघि डोल्पाको ताराभोटबाट आएका मगर समुदायका पूर्वजले पर्वको प्रचलन बसालेका थिए । गाउँलेले पर्वलाई पुर्खाको नासोको रुपमा लिन्छन् । पर्व जोगाउन बूढापाकादेखि युवा पुस्ताको सक्रियता र सहभागिता रहँदै आएको छ । पहिलोपटक सिस्नो खोस्ने खेलमा सहभागी भिमा घर्तीले मौलिक संस्कृति र परम्पराको संरक्षणमा युवा पुस्ता अग्रसर हुनुपर्ने बताए।

सिस्नो खोस्ने पर्वले युवायुवतीबीच भेटघाट हुने, आत्मीयता बढाउने अवसरका रुपमा पनि लिइन्छ । सिस्नो खोस्दा युवायुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्वता पनि झल्कने विश्वास गरिन्छ । ताराखोला गाउँपालिका–३ हिल र २ अर्गलमा पनि भदौरे जात्रा तथा कुल पूजाका अवसरमा सिस्नो खोस्ने पर्व मनाइन्छ ।

सिस्नो खोस्ने, भुस पोल्नलगायतका मेला र पर्व ताराखोला गाउँपालिकाका ऐतिहासिक संस्कृति हुन् । मौलिक संस्कृति र परम्परा संरक्षणका लागि गाउँपालिकाले सघाउने अध्यक्ष प्रकाश घर्तीले बताए। “मौलिक संस्कृति, पर्व र मेला ताराखोलाका पहिचान हुन्,” उनले भने, “स्थानीयवासीसँग मिलेर संरक्षणको काम अघि बढाउँछौँ ।”

गाउँपालिकाले ‘बहुसाँस्कृतिक सङ्ग्रहालय’ निर्माणको योजना पनि अघि सारेको छ । कला, संस्कृति, रहनसहन, मनोरम भूगोल, स्थानीय उत्पादनलगायतले चिनिएको गाउँपालिकाले विसं २०७७ लाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । ताराखोला मगर बाहुल्य गाउँ हो । रामबहादुर थापा,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x