बैशाख १६, २०७८
गरीबी निवारण कोषमा गरीबको गरीबी निवारणभन्दा कर्मचारीको रजाईंमै बढी खर्च हुने गरेको पाइएको छ । विश्व बैंकको आर्थिक लगानी रहेको उक्त कोषमा गरीबभन्दा पनि त्यहाँ काम गरेर विदेशी डलरमा सुविधा पाउने कर्मचारीहर...
भदौ ३०, २०७६
जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सीता परियार २०७५ चैत्र ४ गते हाजिर भइन् । हाजिर भएको भोलिपल्ट चैत्र ५ गते नै काठमाडौं काजमा गइन् ।
काजमा ५ दिन बसेर फिर्ता भएकी उनी फेरि २०७६ वैशाख महिनामा १२ दिन काठमाडौं र पोखरा काजमा गइन् ।
जेठ महिनामा ४ दिन काठमाडौंमा काज, असार महिनामा ४ दिन भैपरी आउने बिदामा बसिन् । साउन महिनामा ८ दिन काठमाडौंमा काज र ९ दिन घर तथा क्याबी बिदा लिएर काठमाडौं गइन् ।
फेरि उनी साउन २१ गतेदेखि भदौ १५ गतेसम्म बिदा लिएर काठमाडौं गइन् । भदौ १५ गते नै कामबाट फिर्ता आउनुपर्ने परियारले बिदालाई २४ गतेसम्म लम्ब्याइन् र २५ गते कार्यालयमा हाजिर भइन् । कार्यालय आएको ३ दिनपछि २७ गते उनी सरुवा भएर काठमाडौं फिर्ता भइन् ।
परियार गएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको छ तर भदौ ३० गतेसम्म पनि जोशीले कार्यालयमा हाजिर गरेर पदभार ग्रहण गरेका छैनन् ।
जनकपुरधाम उपमहानगरका वरिष्ठ इन्जिनियर विरेन्द्र यादवले भने, ‘आज (सोमबार) साँझसम्म उहाँ जनकपुर आइपुग्ने तथा भोलि ३१ गते हाजिर हुने सम्भावना छ ।’
गत चैतदेखि भदौसम्म प्रमुख प्रशासकीय अधिकृत भएकी परियारले आफ्नो कार्यकाल प्रायःजसो बिदा र काजमै बिताइन् । उनी मात्र होइन, जनकपुरधाम उपमहानगरमा आउने सबै प्रशासकीय अधिकृतमा बिदा र काजमै समय बिताउने प्रवृत्ति रहेको छ ।
२०७० माघ १६ गते जनकपुर नगरपालिकाबाट उपमहानगरपालिकामा परिणत भएको थियो । त्यस अवधिदेखि हालसम्म प्रशासकीय अधिकृतको कार्यकालको हाजिरी अभिलेख हेर्दा अधिकांशजसो प्रशासकीय अधिकृत धेरै समय काजमा काठमाडौं जाने गरेको पाइएको छ ।
२०७० जेठ ५ गते कार्यकारी अधिकृतको रुपमा जगन्नाथ लामिछाने जनकपुर नगरपालिकामा हाजिर भए । उनी आएर पदभार सम्हालेको जेठ महिनामा ११ दिन काठमाडौंमा काजमा रहेको देखिएको छ ।
असारमा ५ दिन, साउनमा ११ दिन, भदौमा ९ दिन, असोजमा ११ दिन, कात्तिकमा ३ दिन काठमाडौंमा काजमा बसेका थिए । मंसिरमा ८ दिन काठमाडौंमा काज, पुसमा ६ दिन घर बिदा, माघमा १२ दिन काठमाडौंमा काज, फागुनमा ४ दिन काज, चैत्रमा १७ दिन काज बसेको हाजिरी पुस्तिकाको अभिलेखमा उल्लेख छ ।
२०७१ सालको वैशाखमा आएका नयाँ कार्यकारी अधिकृत बद्रीकृष्ण शंखदेवले वैशाखमा २६ दिन हाजिरी गरेकोमा ६ दिन काठमाडौंमा काजमा रहेका प्रशासन फाँटका प्रमुख रामसुन्दर दासले बताए । उनले पनि काजमै रहेका बेला आफ्नो सरुवा गराएका थिए ।
२०७१ असोज २८ गते अर्को कार्यकारी अधिकृत नुरहरी खतिवडा हाजिर भए । उनी पनि कात्तिकमा १३ दिन, मंसिरमा ७ दिन, पुसमा २ दिन, माघमा ५ दिन, फागुनमा ११ दिन काजमा काठमाडौं गएको देखिएको छ । चैत्रमा १ दिन मात्र उनको हाजिरी छ । उनले त्यसपछि सरुवा गराएर गएका थिए ।
अर्का नयाँ कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेल पनि वैशाखमा ६ दिन, असारमा ५ दिन, साउनमा १४ दिन, भदौमा ११ दिन, असोजमा ६ दिन, कात्तिकमा ८ दिन, मंसिरमा ७ दिन, पुसमा ३ दिन, माघमा ७ दिन र चैत्रमा ५ दिन काठमाडौंमा काजमा गए । लुइँटेल फेरि २०७३ वैशाख महिनामा ८ दिन, साउनमा ७ दिन, भदौमा १२ दिन, असोजमा ५ दिन, कात्तिकमा ४ दिन, मंसिरमा ८ दिन, पुसमा ४ दिन, माघमा ८ दिन, फागुनमा ६ दिन, चैत्रमा २ दिन काठमाडौं काजमा गएको हाजिरी अभिलेखमा उल्लेख छ ।
२०७३ चैत्र १४ गते उनले सरुवाको रवाना लिएर गएपछि लामो समयसम्म कार्यकारी अधिकृत आउँदै आएनन् । निमित्त कार्यकारी अधिकृतको रुपमा वरिष्ठ इन्जिनियर वीरेन्द्रकुमार यादवले कार्यालय सञ्चालन गरेका थिए ।
२०७५ वैशाख २ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा मदन घिमिरे आए । जेठमा ५ दिन काठमाडौंमा काजमा बसेका घिमिरेले जेठ २२ गते नै सरुवाको रमाना लिएर फर्किएका थिए ।
२०७५ जेठ २१ गते नयाँ प्रशासकीय अधिकृतको रुपमा उमेश ढुंगाना आए । असारमा ४ दिन, साउनमा ८ दिन, भदौमा ९ दिन, अशोजमा ७ दिन काठमाडौंमा काज बसे । फेरि असोजमा २ दिन घर बिदा, कात्तिकमा ९ दिन काज, मंसिरमा ६ दिन काज, पुसमा ७ दिन काज र ४ दिन घर बिदा, माघमा ८ दिन काज र ३ दिन घर बिदा बसेका ढुंगाना माघको अन्त्यमा सरुवा गराएर गएका थिए । उनको ठाउँमा पछिल्लो समयमा सीता परियार आएपनि लामो समय नटिकेर नै सरुवा गराएर गएकी छन् ।
‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको आर्थिक कारोबार नै ठप्प हुन्छ,’ जनकपुर उपमहानगरका इन्जिनियर यादवले भने, ‘यति मात्र होइन, नक्सा पास गर्ने कामदेखि महत्त्वपूर्ण निर्णय लिनुपर्ने काम समेत अवरुद्ध हुन जान्छ ।’
जनकपुरधाम उपमहानगरमा २०७४ असोज ९ गते जननिर्वाचित प्रतिनिधिले पदभार ग्रहण गरेका थिए तर जनप्रतिनिधि आएपनि प्रमुख प्रशासकीय अधिकृत कुनै न कुनै बहानामा काज र बिदामा काठमाडौं नै बस्ने प्रवृत्तिका कारण स्थानीय तहमा कामकाज प्रभावित हुँदै आएको छ ।
प्रशासकीय अधिकृतले बिदा लिँदा संघीय सरकारको मन्त्रालयबाट नै स्वीकृत गराउने गरेपनि काजमा जाँदा कतिपयले जानकारी गराएर जाने गरेका छन् भने कतिपयले आफूखुशी काज भन्दै काठमाडौं जाने गरेको जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह बताउँछन् । तर काठमाडौंमा मात्रै किन काजमा जाने गर्छन् भन्ने प्रश्नको उनले उत्तर दिन चाहेनन् ।
गरीबी निवारण कोषमा गरीबको गरीबी निवारणभन्दा कर्मचारीको रजाईंमै बढी खर्च हुने गरेको पाइएको छ । विश्व बैंकको आर्थिक लगानी रहेको उक्त कोषमा गरीबभन्दा पनि त्यहाँ काम गरेर विदेशी डलरमा सुविधा पाउने कर्मचारीहर...
भारतको राजस्थानमा यसै वर्ष हुने विधानसभा चुनावको मिति नजिकिँदै गर्दा मुख्यमन्त्री अशोक गहलोतले राहतको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत मुख्यमन्त्री गहलोतले महंगी राहत शिविरमा प्राप्त सुझावका आधारम...
सरकारकै एउटा निकायले उठाएको शुल्कमाथि राज्यकै अर्को निकायले आँखा लगाएका कारण नेपाल पर्यटन बोर्डले डेढ दशकदेखि उठाउँदै आएको पर्यटन सेवा शुल्क विवादमा तानिएको छ । पर्यटन बोर्डले नेपाल भित्रिएका पर्यटक बाहिरि...
ज्यानमारा कोरोनभाइरस जनावरहरूबाट मानिसहरूमा कसरी सरेको हो भन्ने विषयमा वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् । बीबीसीकी हेलेन ब्रिग्सले कोरोनाभाइरसको स्रोत पत्ता लगाउन वैज्ञानिकहरूले कस्तो कोशिश गरिरहेका छन् भ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स (दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि अनुगमन तथा भ्वाइस र डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि) प्रविधि खरिद प्रकरणमा ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष न...
सुर्खेत – राउटेलाई जंगलका राजा भनिन्थ्यो । राउटे समुदाय जंगलमै रमाउँथ्यो र जंगलमै फिरन्ते जीवन बिताउँथ्यो । राउटेको जंगली जीवन एकादेशको कथाजस्तै बनाइएको छ । राउटेको जीवन सुधार्न भन्दै सरकार र विभिन्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...