×

NMB BANK
NIC ASIA

‘यलम्बर’ले हेरे इन्द्रजात्रा

भदौ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–नेवारी समुदायको ठूलो जात्रा  इन्द्रजात्रा अझै सकिएको छैन ।  रथयात्रा, लाखेनाचहरु चलिरहेको छ । इन्द्रजात्रा शुरु भएदेखि  नसकिँदासम्म विभिन्न देवीदेवता तथा भैरवको मूर्ति बाहिर निकालिएको छ  । 

Muktinath Bank

जात्रा भरका लागि मूलघरवाट बाहिर निकालिएको मूर्तिलाई दैनिक पूजापाठ गरिन्छ । वसन्तपुर वरपर सजाएर राखिएको मूर्तिमध्ये आकाश भैरव पनि एक हो इन्द्रचोकमा सजाएर राखिएको आकाश भैरवलाई किराँत वंशी प्रथम राजा यलम्बरको अवशेषका रूपमा मानिन्छ ।  नौ दिनसम्म भैरवको मूर्तिलाई बाहिर राखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकादशीको दिन आकाशभैरवको मूर्ति राखिने खट तयार गरेर द्वादशीको दिनमा भैरवको मूर्ति सफा गरी बाहिर निकालिन्छ । द्वादशीको दिनदेखि बाहिर निकालिएको भैरवको मूर्ति एकैचोटि दशौँ दिन अर्थात् कृष्ण चतुर्थीका दिनमा मात्रै मूलस्थानमा लगिने आकाश भैरव गुठीका अध्यक्ष शरदकुमार डङ्गोलले जानकारी दिए।


Advertisment
Nabil box
Kumari

उनका अनुसार १० औँ दिनसम्म विभिन्न विधिबाट भैरवको पूजा गरिन्छ । त्यस्तै विधिअनुसार शनिबार अर्थात् पूर्णिमाको दिनमा साइतअनुसार भैरवको मुखबाट पाँच जिउँदो माछा बगाइएको छ । माछा बगाउने दिनमा रथयात्रा माथिल्लो टोलमा हुने गर्छ । माथिल्लो टोलमा रथयात्रा गरिने मार्गमा इन्द्रचोक पनि पर्छ । 

Vianet communication
Laxmi Bank

भैरवको मुखबाट लामो जाल बनाएर जालमा जाँड राखेर माछा बगाउने गरिन्छ । मूर्ति राखिएको खटमुनि पर्ने पातालपुरमा रक्सीसँगै माछा बगाउने विधि सम्पन्न भएको छ । भैरवको मूर्तिमा जाँड छर्कने काम गरिन्छ  तर श्वेत भैरवको मूर्तिबाट भने जाँड नै बगाएर दर्शनार्थीले खाने गर्छन् ।

माछा बगाउने समयमा भैरवको मूर्तिमा फूल हुँदैनन्  तर रथयात्राका क्रममा फूलैफूलले ढाकिएको हुन्छ । भैरवको गला विभिन्न प्रजाति र रङका फूलले सजाइएको हुन्छ । पहिले पहिले फूल पाउन सहज थियो तर आजकल गाह्रो हुने गरेको डङ्गोलले बताए। उनका अनुसार आफन्तले ल्याएका फूल भैरवको मूर्तिमा सजाइने गरिन्छ । दिनैपिच्छे फरक फरक फूलले मूर्ति सजाउनुपर्छ । एक दिन मूर्तिमा राखिएको फूल अर्को दिनका लागि प्रयोग गर्न मिल्दैन । 

भैरव गुठीमा रहेका ६२ जनामध्येमा प्रत्येक वर्ष हुने जात्रापर्वका लागि आठ आठ जनाको जिम्मेवारी रहने गर्छ । बाहिर निकालिएको भैरवको मूर्तिमा हरेक दिन परम्परानुसार पूजा गरिन्छ । विधि र समयअनुसार बिहान, दिउँसो र राति गरी तीन पटक मूर्तिमा पूजा गरिन्छ । 

यलम्बर र कृष्णको सम्बन्ध 

किंबदन्तीअनुसार इन्द्रचोकस्थित आकाश भैरवलाई काठमाडौँ उपत्यकाका किराँतवंशी राजा यलम्बरको अवशेषका रूपमा मानिन्छ ।  भैरवलाई महादेवको रुद्र रूपमा समेत मान्ने गरिन्छ ।  गुठीका अध्यक्ष डङ्गोलका अनुसार यलम्बर र महाभारत युद्धको समेत सम्बन्ध रहेको भन्ने गरिन्छ । यलम्बर अर्थात् भैरव महादेवको रुद्र रूप लिएर महाभारत युद्ध हेर्न आफ्ना सेना र गण सहित कुरुक्षेत्र पुगेका थिए ।  कुरुक्षेत्र जाने क्रममा यलम्बरको भेट कृष्णसँग भयो । कृष्णसँग भेट भएपछि यलम्बरले महाभारत युद्ध हुँदै गरेकाले  हेर्न जान लागेको  बताए । 

कृष्णले महाभारतको युद्ध गर्ने कुरा परिकल्पना मात्रै गरेका थिए । यलम्बरको कुरा सुनेर अचम्मित हुँदै युद्धमा कसको पक्ष समर्थन गर्छौ भनी सोधे ।  यलम्बरले युद्ध हार्नेको पक्षमा समर्थन हुने बताए । युद्धमा पाण्डवलाई जिताउने कल्पना गरेका कृष्णलाई कौरवले हारेमा र यलम्बरले आफ्ना सैनिकसहित युद्धमा सहभागी भएमा अनर्थ हुने भन्दै रोक्ने योजना बनाए ।  

यलम्बरलाई रोक्ने योजना बनाएर कृष्णले छल गरे । छल गर्ने क्रममा कृष्णले यलम्बरसँग खेल खेल्दा “तिमी त बलवान् रहेछौ, म तिमीलाई वरदान दिन्छु” भने।  यलम्बरले उल्टै “म तिमीलाई वरदान दिन्छु, माग” भने । कृष्णले सोचेजस्तो भएपछि खुशी हुँदै यलम्बरसँग “म तिम्रो टाउको छेदन गर्न पाऊँ” भनीे वर मागे । वाचामा हारिसकेका यलम्बरले कृष्णलाई युद्ध हेर्न पाउने गरी वरदान दिए । कृष्णले यलम्बरको टाउको आकाशमा झुन्डाएर युद्ध हेर्न दिएछन् । युद्ध सकिएपछि त्यही टाउको काठमाडौँमा आएर बसेको र आकाश भैरव रूपमा विराजमान भएको मानिन्छ ।

विधिवत् रूपमा यही भदौ २४ गते हनुमानढोकास्थित तलेजुको मन्दिरको अगाडि रहेको कालभैरवको मन्दिरमा लिङ्गो उठाएपछि विधिवत् रुवमा जात्रा शुरु भएको थियो । जात्राको चौथो दिनलाई मुख्य दिनका रूपमा समेत लिइन्छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यका अनुसार जात्रामा विभिन्न २९  गुठीले सहकार्य गर्दै आएका छन् । वसन्तपुर र आसपास क्षेत्रका कुमारी, गणेश, भैरव, लाखे, हलचोक भैरव, आकाश भैरव, पुलुकिसी , लाखेनाच, श्वेत भैरव, स्वच्छन्द भैरव, अशोकविनायक, दाँगी, किसिचा, कुमारी देवी, महाकालीलगायत गुठीले इन्द्रजात्रा व्यवस्थापन गर्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x