संसदमा हंगामा, कांग्रेस सांसदद्वारा चर्को नारावाजी

फाइल फोटो
भदौ ३०, २०७६

काठमाडौं– बाँके घटनाको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच भनाभन भएपछि संसदमा हंगामा भएको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरुमै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल बोलेपछि कांग्रेसले सदन चल्न दिने बताएको थियो । 

लगत्तै सभामुख कृष्णबहादुर महराले नेकपाका नन्दलाल रोका क्षेत्रीलाइै बोल्न समय दिए । बाँकेका सांसद रहेका रोकाले कांग्रेसले आरोप  लगाएजस्तो घटना बाँकेमा नभएको दावी गरे ।


ADVERTISEMENT

‘वडाअध्यक्षलाई मुद्धा लगाउने कुरा स्वीकार्य छैन, कांग्रेसले आन्दोलन गरे आन्दोलन गर्न तयार छौ । समिति गठन गरेर छानविन गर्नुपर्छ ’ क्षेत्रीले भने । त्यसलगत्तै कांग्रेस सांसदहरुले उठेर टेवल ठटाएका थिए ।

सभामुख महराले केही बोल्न चाहेको बताउँदा बताउँदै कांग्रेस सांसदहरु वेलमा पुगेर नारावाजी गरेका हुन् ।

जागरण अभियानका क्रममा बाँकेमा पार्टीकी जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गर्ने नेकपा कार्यकर्तामाथि कारवाहीको माग गर्दै कांग्रेसले आइतवार प्रतिनिधि सभाका दुईवटा बैठक अबरुद्ध गरेको थियो । 
 

भदौ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस