×

NMB BANK
NIC ASIA

समाजको हितमा काम गर्नेलाई सहयोग : मुख्यमन्त्री गुरुङ

भदौ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक र समाजको हितमा काम गर्ने सामाजिक सङ्घसंस्थाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सहारा क्लबको २१औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशनको आज (सोमवार) यहाँ उद्घाटन गर्दै उनले खेलकूदका माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लबको भूमिका प्रशंसायोग्य भएको बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाजका कठिन परिस्थित एवं असहाय बालकलाई संरक्षण गर्दै क्लबले शैक्षिक, सामाजिक तथा खेल क्षेत्रमा क्रियाशील गराउनुले उनीहरुको समग्र उन्नयनमा टेवा पुगेको उनले बताए। सामाजिक क्षेत्रमा क्लबले देखाएको सक्रियता अरुका लागि पनि अनुकरणीय भएको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारकोतर्पmबाट सहारा एकेडेमीको प्रशासनिक सञ्चालनमा रु ३० लाख सहयोग गर्ने बताए।


Advertisment
Nabil box
Kumari

राज्यले निभाउनुपर्ने उत्तरदायित्व क्लबले पूरा गरेको उल्लेख गर्दै उनले संस्थाको सञ्चालनमा सरकारले नियमित बजेट नै व्यवस्था गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सामाजिक संस्थामा राजनीतिक प्रभाव हुन नहुने बताउँदै उहाँले प्रदेश सरकारले सञ्चालन गर्ने विश्वविद्यालयमा राजनीतिक नभई विशेषज्ञताका आधारमा नियुक्ति गरिने स्पष्ट पारे।

Vianet communication
Laxmi Bank

उक्त अवसरमा मुख्यमन्त्री गुरुङले खेल क्षेत्रको विकासका लागि पत्रकारिताका माध्यमबाट योगदान पु¥याएको भन्दै क्लबकातर्फबाट पत्रकार सन्देश श्रेष्ठलाई पुरस्कार प्रदान गरे। क्लबले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो सहारा खेलकूद पत्रकारिता पुरस्कारको राशि रु २० हजार ५५५ नगद, ताम्रपत्र र दोसल्ला रहेको छ ।

सोही अवसरमा यस वर्षको सहारा उत्कृष्ट कर्मचारीबाट शान्ति केसीलाई सम्मान गरिएको थियो । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले आसन्न दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) लाई लक्षित गरी पोखरा रङ्गशालामा निर्माणाधीन संरचना तीव्ररुपमा बढेको जानकारी दिए।

क्लबका अध्यक्ष केशवबहादुर थापाले सबैको साथ सहयोगमा सहारा एकेडेमी वर्तमान अवस्थासम्म आइपुगेको बताउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको धारणा राख्नुभयो । महासचिव विश्वराज बरालले क्लबले फुटबलका माध्यमबाट सामाजिक सेवामा निरन्तर क्रियाशील रहेको बताउँदै प्रदेश सरकारले सन् २०१९ मा आन्तरिक भ्रमण वर्ष मनाइरहँदा र तेह्रौं सागका विभिन्न खेल पोखरामा हुने तय गरिनुले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताए। उहाँले एकेडेमीमा हाल विभिन्न १६ जिल्लाका २४ बालक आवासीयरुपमा अध्ययनरत रहेको जानकारी दिए।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x