सांसद महेश बस्नेत आफैं टोलटोलमा औषधि छर्कंदै

भदौ ३०, २०७६

मध्यपुरथिमि – मध्यपुरथिमि नगरपालिका–६ स्थित कमेरोटारका ६ सामुदायिक संस्थालाई सोमवार डेंगु नियन्त्रणसम्बन्धी औषधिसहित उपकरण हस्तान्तरण गरिएको छ ।

‘हाम्रो प्रतिबद्धता नगर विकासमा सामूहिक सहभागिता’ भन्ने मूल नाराका साथ कमेरोटार नगर विकास संयोजन समाज, मध्यपुरथिमि नम्बर ५ वडा कार्यालयले सञ्चालनमा ल्याएको सो कार्यक्रममा पूर्व उद्योगमन्त्री तथा सांसद महेश बस्नेतले ती औषधि र उपकरण हस्तान्तरण गर्दै डेंगु नियन्त्रणमा सरकारको मात्रै मुख ताक्न नहुने बताए ।


ADVERTISEMENT

कार्यक्रम संयोजक तथा नेपाली चलचित्रका निर्देशक मदन घिमिरेले कमेरोटार क्षेत्रका ६ टोल सुधार समितिलाई डेंगु नियन्त्रणका लागि मट्टीतेल, फिनेल र उपकरण वितरण गरिएको र सांसद बस्नेत आफैं पनि टोलटोलमा औषधि छर्कनाका साथै जनचेतना फैलाउने काम समेत गरेको बताए ।

भदौ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस