सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट मीट कार्यक्रम सम्पन्न

भदौ ३०, २०७६

काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना एजेन्टको लागि एक दिने एजेन्ट भेटघाट र एएमएल/सीएफआई तालिम कार्यक्रम काठमाडौंस्थित एलिस् रिसेप्शन्मा सम्पन्न गरेको छ ।

कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक लगायतका २ सयभन्दा बढी एजेन्टको सहभागिता रहेको थियो । 


ADVERTISEMENT

कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत सम्पूर्ण व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभरि आफ्नो रेमिट एजेन्ट्बाट ७ हजारभन्दा बढी नेपालको एजेन्ट्मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । 

भदौ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस