यो हप्ता दिनदिनै भूकम्प, आज लमजुङमा धक्का

भदौ ३१, २०७६

काठमाडौं – लमजुङमा मंगलवार बिहान भूकम्पको धक्का महसूस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङ केन्द्रबिन्दू भएर बिहान ९ः५३ बजे ४.५ म्याग्निट्युडको भूकम्प गएको हो ।


ADVERTISEMENT

यो हप्ता आइतवारदेखि दिनदिनै भूकम्पको धक्का महसूस भइरहेको छ ।

आइतवार हुम्लामा ५ म्याग्निट्युडको भूकम्प गएको थियो भने सोमवार दार्चुलामा ४.४ म्याग्निट्युडको भूकम्प गएको थियो ।

भदौ ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस