×

NMB BANK
NIC ASIA

चिसो झरीमा बालुवाटारभित्र गरमागरम बैठक - बादलको 'ब्रिफिङ'देखि नेपालको 'नोट अफ डिसेन्ट'सम्म

भदौ ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सोमवार साँझदेखि देशभर चलेको झरीले चिसो निम्त्याएको भएपनि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र भने गरमागरम बहस चलिरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेकपाका नेताहरू मंगलवार बिहानैदेखि आन्तरिक परामर्श बैठकमा व्यस्त रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली, महासचिव विष्णु पौडेल र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘प्रचण्ड’ बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेको बालुवाटार स्रोतले बताएको छ ।


Advertisment
Nabil box
Kumari

‘आगामी सचिवालय बैठकको तयारी सम्बन्धमा उहाँहरू बसेर परामर्श गरिरहनुभएको छ,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘पार्टी एकताकै सन्दर्भमा कतिपय कामहरू पनि बाँकी छन् । शान्ति प्रक्रिया पूरा गर्ने सन्दर्भमा पनि कतिपय कामहरू बाँकी छन् । यिनै सन्दर्भमा कुराकानी भइरहेको छ ।’

Vianet communication
Laxmi Bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको सदन कसरी खोल्ने भन्ने सन्दर्भमा पनि कुराकानी भइरहेको स्रोतको दाबी छ । यसबाहेक संसदमा विचाराधीन रहेका कतिपय विधेयकका सन्दर्भमा एकखालको निर्णय गरेर अघि बढ्नुपर्ने दबाबमा नेकपा रहेको छ ।

गत सोमवार बिहान पनि बालुवाटारमा यिनै ४ नेताको तयारी बैठक बसेको थियो । केही दिनयताको बैठकहरूमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सक्रियताका साथ सहभागी हुने गरेका छन् ।

बादलको दैनिक ब्रिफिङ

प्रधानमन्त्री ओलीले गृहमन्त्री बादलसँग गृह मन्त्रालयको काम कारवाहीबारे ब्रिफिङ लिने गरेको स्रोतको दाबी छ । गृह प्रशासनले प्रभावकारी काम नगरेका कारण सरकारको लोकप्रियताको ग्राफ ओरालो लागेको ओलीको बुझाई छ ।

केही दिनअघि बाँकेमा कांग्रेस नेता कार्यकर्तामाथि भएको हातपातको छानबिन गर्नुपर्ने भन्दै कांग्रेसले २ पटक संसद अवरुद्ध गरिसकेको छ । गृह प्रशासनले पर्याप्त सुरक्षा प्रदान गर्न नसकेको र यसको असर संसदको कामकारवाहीमा पनि पर्न गएको भन्दै ओली बादलसँग असन्तुष्ट रहेका छन् ।

त्योभन्दा बाहेक आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा सुरक्षा व्यवस्था सरकार अनुकूल कसरी बनाउने भन्ने सन्दर्भमा पनि छलफल भइरहेको स्रोतले लोकान्तरलाई बतायो ।

पछिल्लो समयमा आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने जुम्लाका ज्ञानबहादुर शाहीलाई गिरफ्तार गरेर छोडिएको विषयमा पनि प्रधानमन्त्रीको चासो रहेको छ ।

‘प्रधानमन्त्री ज्यूले बालुवाटार बसेरै पनि देशभित्र भइरहेका साना–साना घटनाक्रमलाई हेरिरहनुभएको छ,’ बालुवाटार स्रोतले लोकान्तरलाई भन्यो, ‘सरकारको लोकप्रियता कम गर्दै लैजाने यस्ता स–साना घटनाक्रमलाई कसरी व्यवस्थित गर्ने भन्ने सन्दर्भमा गृहमन्त्रीज्यूसँग परामर्श लिनुभएको छ ।’

अर्को सर्वदलीय बैठक बोलाउने तयारी

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अर्को सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । गत भदौ ३ गते बोलाएको सर्वदलीय बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । त्यतिबेला प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जाने तयारीमा थिए ।

आइतवार बिहान प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका थिए । नागरिकता विधेयक र बाँकेमा कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताले हातपात गरेको सन्दर्भमा कुराकानी भएको थियो । छलफल सकारात्मक भएको टिप्पणी आएपनि कांग्रेसले सोही विषयलाई लिएर सोमवार संसद अवरुद्ध गरेको थियो ।

संसदीय काम–कारवाहीमा अवरुद्ध आएपछि यही सत्रमा नागरिकता लगायत अन्य विवादित विधेयकमा सहमति जुट्न गाह्रो पर्ने देखिएको छ । प्रधानमन्त्री ओलीले संसदको सत्र सकिनुअघि नै सर्वदलीय बैठक बोलाउन सक्ने सम्भावना रहेको स्रोतले दाबी गर्‍यो ।

अबको सचिवालय बैठकको एजेण्डा के ?

नेकपाका नेताहरूले ६ वटा महानगरपालिका, प्रवास कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगको नेतृत्वको टुंगो लगाउन बाँकी छ ।

नेताहरूबीच अनौपचारिक छलफलमा ६ वटा महानगरपालिकाको नेतृत्वमा पूर्व एमालेलाई काठमाडौं, पोखरा, विराटनगर र भरतपुर दिने र पूर्व माओवादीलाई ललितपुर र वीरगञ्जको नेतृत्व दिने विषयमा कुराकानी भइरहेको छ ।

प्रवास कमिटीको नेतृत्वमा केन्द्रीय सदस्यहरू युवराज चौलागाईं र बिन्दा पाण्डेको नाम चर्चामा छ भने अनुशासन, लेखापरीक्षण र निर्वाचन आयोगको नेतृत्वमा कसलाई लैजाने भन्ने विषयमा छलफल चलिरहेको छ । आगामी सचिवालय बैठकले नेतृत्व टुंग्याउन बाँकी रहेका यी विषयमा ठोस निर्णय गर्न सक्ने सम्भावना रहेको स्रोतले दाबी गर्‍यो ।

त्यससँगै आगामी सचिवालय बैठकमा सचिवालय सदस्य माधवकुमार नेपालले राखेको असन्तुष्टिका विषयमा पनि छलफल हुने सम्भावना देखिएको छ । नेता नेपाल पछिल्ला केही दिनदेखि अध्यक्ष ओलीसँग असन्तुष्ट छन् ।

‘स्थायी र केन्द्रीय कमिटीको बैठक तयारी सम्बन्धमा पनि आगामी सचिवालय बैठकमा छलफल हुनेछ,’ एक सचिवालय सदस्यले लोकान्तरसँग भने, ‘त्यसपछि हामी बृहत् राष्ट्रिय अभियानमा जाने तयारी गर्छौं ।’

नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशिका–२ मा पनि राष्ट्रिय अभियान सञ्चालन गर्ने उल्लेख छ । स्वयम् प्रचण्डले पटक–पटक पार्टी अब राष्ट्रिय अभियानमा होमिने अभिव्यक्ति दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x