साझाको सबै सेवालाई गुणस्तरीय बनाउन मन्त्री अर्यालको आग्रह

भदौ ३१, २०७६

काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले साझालाई भएको सम्पत्ति मोभिलाइज गरेर उत्पादनमा लगाउन आग्रह गरेकी छिन ।

साझा भण्डार सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा आज (मंगलबार) काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।


ADVERTISEMENT

साझासँग प्रशस्तै सम्पत्ति देशभर छरिएर रहेको भन्दै त्यसलाई परिचालन गरेर उत्पादनमा लगाउन शेयर सदस्यहराई मन्त्री अर्यालले आग्रह गरेकी हुन् ।

'भएको सम्पत्तिको मोभिलाइज गर्दै केही नयाँ गर्ने कुरामा मन्त्रालय अगाडि बढ्न तयार छ । छलफलबाट अगाडि बढौला,' उनले भनिन्, 'शेयर सदस्यहरूले अलि मन फुकाउनुस् । साझामा लगाएको शेयर डुब्लाकी भन्ने डर नमान्नुस अब अलि मन बढाएर उत्पादनमूलक क्षेत्रमा काम गर्नेगरी अगाडि बढ्नुस ।'

साझासँग रहेको सम्पत्ति जोगाउन आग्रह गर्दै उहाँले सम्पत्तिको सदुपयोग गरेर उत्पादनमा लगाउन आग्रह गरेकी हुन् ।

'तपाईहरूसँग अथाह सम्पत्ति छ । त्यो सरकारको सम्पत्ति हो त्यसलाई जोगाउनुस् । अतिक्रमित सम्पत्ति संरक्षण गर्नुस्', उनले भनिन्, 'सम्पत्ति छ त्यसको सदुपयोग गरेर थोरै लगानीमा भएपनि गुणस्तरीय वस्तु दिने प्रयत्न गर्नुस ।'

साझा प्रकाशनलाई नयाँ ढंगले अगाडि बढाउने सोचमा रहेको भन्दै मन्त्री अर्यालले विगतमा साझा भण्डारले गुणस्तरीय उपभोग्य वस्तु जनस्तरमा पुर्यालउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् । तर अहिले समय फेरिएकाले विगतको जस्तो अवस्था नरहेपनि जति सकिन्छ त्यति गुणस्तरिय सामग्री, वस्तु तथा सेवा जनतालाई उपलब्ध गराउन उनले आग्रह गरिन् ।

 

भदौ ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस