सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस २०७६ – न यति न उति सिधै लखपति’ योजना

भदौ ३१, २०७६

काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना उपभोक्तासँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘लखपति एक्स्प्रेस २०७६ – न यति न उति सिधै लखपति’ उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्स्प्रेसको उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत उपभोक्ताले दैनिक १० जनाले २ सयको मोबाइल टप अप जित्न सक्नेछन् ।


ADVERTISEMENT

साप्ताहिक रुपमा १ जना विजेताले १० हजार रुपैयाँ र हरेक महिना लक्की ड्रमा विजयी हुने १ जनालाई १ लाख रुपैयाँ उपहार प्रदान गरिने छ । 

उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार १० लाख रुपैयाँ जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेता समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।

कम्पनीका अनुसार ‘लखपति एक्स्प्रेस २०७६ – न यति न उति सिधै लखपति’ अफर असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागू हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने छ । योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागू हुने छैन ।

भदौ ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस