×

NMB BANK
NIC ASIA

काठमाडौंसहित तीन जिल्ला खुला दिसामुक्त घोषणा

असोज १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–काठमाडौं जिल्लालाई बल्ल खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ । मङ्गलबार यहाँ जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको समारोहमा प्रदेशसभा सदस्य नारायण सिलवालले काठमाडौंजिल्ला खुला दिसामुक्त भएको पत्र पढेर घोषणा गरेका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

भदौ २४ गते काठमाडौं महानगरलाई ‘खुला दिसामुक्त महानगर’ घोषणा गरिएको थियो । खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्लास्तरीय समन्वय समितिको प्रतिवेदनअनुसार काठमाडौं जिल्लामा दुई लाख ९२ हजार ४५२ घर छन् र ती सबै घरमा चर्पी छन् । काठमाडौँलाई सन् २०१७ अगाडि नै खुला दिसामुक्त जिल्लाका रूपमा घोषणा गर्ने कार्यक्रम रहेको भए पनि काम सफल हुनसकेको थिएन । प्रदेशसभा सदस्य सिलवालले खानेपानी र सरसफाइलाई सभ्यतासँग जोडेर एकीकृत र समन्वयात्मक कार्यक्रम सञ्चालन गरेर पूर्ण सरसफाइतिर लाग्नुपर्ने बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला समन्वय समितिका प्रमुख एवं खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्लास्तरीय समन्वय समितिका अध्यक्ष शिवसुन्दर राजवैद्यले चर्पी बनाएर मात्र पूर्ण सरसफाइ नहुने बताउँदै उहाँले स्थानीय तहबाट पूर्ण सरसफाइमा लाग्नुपर्नेमा जोड दिए। काठमाडाैं महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले पूर्ण सरसफाइका लागि चर्पी भएर मात्र पुग्दैन, चर्पीसँगै यसको प्रयोग, सार्वजनिक शौचालय निर्माणलगायतका क्षेत्रमा सक्रियतापूर्वक काम हुनुपर्ने बताए। 


Advertisment
Nabil box
Kumari

जिल्लास्तरीय समन्वय समितिका सदस्य सचिव हरिदत्त पौडेलले यस अभियानका क्रममा ५५ हजार ५०० चर्पी बनाउन उपभोक्ताको रु २७ करोड ८० लाख र सरकारको रु छ करोड ६५ लाख बराबर खर्च भएको जानकारी दिए। काठमाडौं उपत्यकामा भक्तपुरलाई विसं २०७० कात्तिकमा र ललितपुरलाई २०७५ जेठमा खुला दिसामुक्त घोषणा गरिएको थियो । नेपालको पहिलो खुला दिसामुक्त जिल्ला भने कास्की हो । कास्कीलाई विसं २०६८ असार १० गते नै खुला दिसामुक्त घोषणा गरिएको हो । 

Vianet communication
Laxmi Bank

भोजपुर : भोजपुर नगरपालिका क्षेत्रलाई खुला दिसामुक्त घोषणा गरिएको छ । नगरक्षेत्रका सम्पूर्ण घरमा सेफ्टीट्याङ्कीसहितको शौचालय निर्माण भएसँगै नगरलाई मङ्गलबार खुला दिसामुक्त घोषणा गरिएको हो । जिल्लाका अन्य आठ स्थानीय तह यसअघि नै खुला दिसामुक्त घोषणा गरिएका भए पनि मुख्य बजार रहेको नगरपालिकाको वडा नं ७ मा शौचालय निर्माणमा ढिलाइ हुँदा खुला दिसामुक्त घोषणा गर्न समस्या हुँदै आएको थियो । वडावासीले शौचालय निर्माण गरेपछि वडासँगै नगरपालिकालाई जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले खुला दिसामुक्त घोषणा गरेका हुन् ।
 
महोत्तरी : जिल्लाले सरसफाइका क्षेत्रमा एउटा फड्को मारेको छ । जिल्ला नै खुला दिसामुक्त घोषणा गरिएपछि समस्त जिल्लावासीका लागि यो सामाजिक र सांस्कृतिक क्षेत्रको महत्वपूर्ण उपलब्धि बनेको हो । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मङ्गलबार जलेश्वरमा जिल्ला खुला दिसामुक्त बनेको घोषणा गरेका हुन् । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको विशेष समारोहमा मुख्यमन्त्री राउतले अब महोत्तरीको परिचयमा एउटा खास उपलब्धि जोडिएको बताए। सरसफाइ व्यक्तिको मात्र नभई सामाजिक पहिचान र संस्कृतिसँगै जोडिने कुरा भएकाले यो परिचय कहिल्यै निभ्न नदिन जिल्लाका प्रत्येक नागरिकको दायित्व भएको राउतले औँल्याए । 

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तह खुला दिसामुक्त बनेपछि मङ्गलबार सो घोषणा गरिएको हो । जिल्लामा पछिल्ला १० वर्षयता जिल्ला समन्वय समिति (हालको) र स्थानीय तहबीच समन्वय गरेर जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रत्येक स्थानीय तहका घर–घरमा शौचालय निर्माणको अभियान सञ्चालन गर्दै आएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x