मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
काठमाडौं – भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीले अनेकौं पुरस्कार पाइसकेका छन् । हालै उनलाई बिल यान्ड मेलिन्डा गेट्स फाउन्डेसनले ग्लोबल गोलकीपर अवार्ड दिने घोषणा गरेको छ ।
तर वकिल, मानवअधिकार अभियन्ता र समाजसेवीहरूले मोदीलाई पुरस्कार दिइने कुराको आलोचना गरेका छन् ।
फाउन्डेसनले सेप्टेम्बर २४ मा उक्त पुरस्कार मोदीलाई दिन लागेको हो ।
मोदीको स्वच्छ भारत अभियानलाई पुरस्कृत गर्न लागिएको हो ।
यस कार्यक्रममार्फत देशभरि लाखौं शौचालय निर्माण गरिएको र स्वच्छताका विषयमा मानिसहरूमा व्यापक जागरुकता आएको सरकारको दाबी छ ।
तर पुरस्कार दिइने कुराको विरोध गर्दै सन् १९७६ को नोबेल शान्ति पुरस्कार विजेता मेरिड मग्वायरले गेट्स फाउन्डेसनलाई पत्र लेख्दै भने, ‘बिल यान्ड मेलिन्डा गेट्स फाउन्डेसनले नरेन्द्र मोदीलाई पुरस्कार दिने कुरा सुनेर म छक्क परें । मोदीको शासनमा भारत खतरनाक र घातक अव्यवस्थातर्फ बढ्दैछ जसले गर्दा मानवअधिकार र लोकतन्त्र लगातार कमजोर भएको छ । फाउन्डेसनको घोषित मिसन जीवन संरक्षण गर्ने र असमानताविरुद्ध लड्ने भएकाले म विशेष चिन्तित छु ।’
भारतमा अल्पसंख्यक विशेषगरी मुसलमान, इसाइ र दलितहरूमाथि आक्रमण, असम र कश्मीरमा मानवअधिकार उल्लंघनको उल्लेख गर्दै फाउन्डेसनले मोदीलाई पुरस्कार दिइने विषयमा फेरि विचार गर्न आग्रह पत्रमा गरिएको छ ।
सम्मान घोषणाको समयको पनि आलोचना भइरहेको छ । असम र जम्मु–कश्मीरमा मोदी सरकारले विवादित निर्णय लिएको छ र त्यसको आलोचना भइरहेको छ ।
जम्मु–कश्मीरमा अगस्ट ५ पछि परिस्थिति सामान्य हुन सकेको छैन । कश्मीरमा अत्यावश्यक सेवा अहिले पनि रोकिएका छन् । कश्मीरमा भारत सरकारमाथि मानवअधिकार उल्लंघनको गम्भीर आरोप लागेको छ ।
मोदीलाई दिइएको यो पुरस्कार संसारभरि उनले पाएकोमध्ये सबभन्दा नयाँ हो ।
मंगलवार समाजसेवा गर्ने दक्षिण एसियाली मूलका अमेरिकीहरूको एक समूहले गेट्स फाउन्डेसनलाई खुला पत्र लेखेको छ ।
पत्रमा मानवअधिकार उल्लंघनको कुरा झिकेर मोदीलाई पुरस्कार दिइएको कुराको आलोचना गरिएको छ ।
एजेन्सी
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...