×

NMB BANK
NIC ASIA

दुग्ध व्यवसायमा सरकारको कार्यक्रम प्रभावकारी भएको प्रतिवेदनको ठहर

असोज २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रे – जिल्लाको दुग्ध व्यवसायमा सरकारको कार्यक्रम प्रभावकारीरूपमा लागू भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले प्रतिवेदन सार्वजनिक गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कार्यालयले जिल्लामा सञ्चालित दुग्ध डेरी तथा पानी उद्योगको अनुगमनपछि प्राप्त तथ्यांकका आधारमा डेरी र पानी उद्योग सञ्चालकबीच प्रतवेदन सार्वजनिक गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अधिकांश डेरीमा सरकारका कार्यक्रम लागू भएको पाइयो, विशेषगरी सरकारी अनुदानमा कृषकहरू निकै हर्षित एवं आकर्षित देखिन्छन्,’ कार्यालयका खाद्य अनुसन्धान अधिकृत शिव भण्डारीले भने । उनका अनुसार दूधको गुणस्तर सुधारमा नवीनतम् प्रयास भएका छन् ।


Advertisment
Nabil box
Kumari

प्रतिवेदनमा गत आर्थिक वर्षमा प्राप्त तथ्यांकमा काभ्रेपलाञ्चोक जिल्ला दूधमा आत्मनिर्भर जिल्ला रहेको, दूधको गुणस्तरको विषयमा आउने गुनासा न्यून बन्दै गएको, जिल्लाका अधिकांश वासिन्दाको जीविकोपार्जनको आधार पशुपालन नै रहेको एवं रोजगारीको अवसर रहेको उल्लेख गरिएको छ । अनुगमनका क्रममा परीक्षण गरिएका दूधका अखाद्य वस्तुसमेत नपाइएको भण्डारीले बताए ।

Vianet communication
Laxmi Bank

दूध उपभोक्ताले प्याकेटमा भन्दा खुलारूपमा दूध उपभोग गर्न रुचाएकाले प्याकेटद्वारा दूध बिक्री गर्नेलाई कारवाहीको कानून बनाउनसमेत प्रतिवेदनमा सुझाइएको छ । भण्डारीले भने, ‘केही चिस्यान केन्द्रसँग खाद्य अनुज्ञापत्र नदेखिएकाले तत्काल लिनसमेत सचेत गरिएको छ ।’ दुग्धजन्य पदार्थ उत्पादनमा गुणस्तर सुधार्न व्यवसायी निकै प्रयासरत देखिएको उनले बताए ।

कार्यालयले जिल्लामा सञ्चालित ९ पानी उद्योगमध्ये २ वटालाई गुणस्तर सुधार्न सचेत गराएको छ । प्रतिवेदनमा जिल्लामा दर्ता भएका १९ मध्ये ९ पानी उद्योग सञ्चालनमा आएको र ७ वटाले गमापदण्ड पूरा गरेको उल्लेख छ । २ पानी उद्योगलाई २ महिनाभित्र मापदण्ड पालना गर्न सचेत गराइएको खाद्य अनुसन्धान अधिकृत भण्डारीले जानकारी दिए ।

सरकारद्वारा जारी दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ कार्यान्वयनमा भने कठिनाइ देखिएको जनाइएको छ । निर्देशिकाअनुसार प्लाष्टिकको भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन । डिभिजन कार्यालय धुलिखेलले दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रलाई पटक–पटक सचेत गराए पनि जिल्लाका अधिकांश व्यवसायीले अझै प्लाष्टिककै भाँडामा दूध ढुवानी गरिरहेका छन् । 

पाँचखाल नगरपालिका–४ तामाघाटस्थित दुग्ध विकास संस्थान (डीडीसी) को चिलिङ सेन्टरले दूध संकलकलाई स्टिल तथा आल्मुनियमको चिलिङ भ्याट (दूध ढुवानी ट्यांक) प्रयोग गर्न भनेपछि व्यवसायीले निजी डेरीमा दूध बिक्री गर्न थालेका छन् । सेन्टरका एक अधिकारीले स्टिल तथा आल्मुनियमको चिलिङ भ्याटमा दूध ढुवानी गर्न भनेपछि व्यवसायी तथा जनप्रतिनिधिसमेतले निजी डेरीमा बिक्री गर्न थालेको बताए । उनका अनुसार ८ हजार लिटर दूध संकलन हँुदै आएको केन्द्रमा हाल करीब २ हजार ५ सय लिटर मात्रै आउँछ । सेन्टरमा विशेषगरी कृषि सहकारीमार्फत दुग्ध आउने भएकाले सहकारीले चिलिङ भ्याट खरीद गर्न अनुदान मागिरहेका छन् ।

काभ्रेपलाञ्चोकका केही व्यवसायीले दूध बोक्न तथा भण्डारण गर्न पुरानै विधि अपनाउने भन्दै अटेर गरेको भण्डारीले जानकारी दिए । निर्देशिकाअनुसार दूधमा स्वच्छता कायम गराउन प्रहरीको सहयोगमा अनुगमन तथा कारवाही गर्न तयारी भइरहेको पनि उनले बताए ।

जिल्लामा करीब ५० वटा चिलिङ सेन्टर रहेका छन् भने ३०० भन्दा बढी दूध संकलन केन्द्र छन् । – राजकुमार पराजुली/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x