मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जनकपुरधाम – २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा प्रदेशमा असोज २ गतेदेखि ४ गतेसम्म भव्यताका साथ संविधान दिवस मनाउन लागिएको छ ।
राउत नेतृत्वको प्रदेश सरकारले ३ दिवसीय दीपावलीसहित भव्यताका साथ संविधान घोषणा भएको दिनको सम्झनामा राष्ट्रिय दिवस मनाउन लागेको हो । असोज ३ गते देशभर संविधान दिवस मनाइँदैछ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता समेत रहेका कानून सचिव कोमलबहादुर खत्रीले प्रदेश सरकारको प्रशासनिक अड्डा रहेको ‘मधेश भवन’ सहित प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा असोज २ देखि ४ गतेसम्म साँझ दीपावली मनाउन निर्देशन जारी गरिएको छ ।
‘प्रदेशका नागरिकलाई पनि भव्यताका साथ दीपावलीसहित उत्सवको रुपमा संविधान दिवसलाई लिन प्रदेश सरकारले आग्रह गरेको छ,’ सचिव खत्रीले भने । भदौ १७ गते मुख्यमन्त्री राउतको अध्यक्षतामा बसेको बैठकबाट मुख्यमन्त्रीकै अध्यक्षतामा संविधान दिवस मनाउनका लागि मूल समारोह समिति गठन गरिएको थियो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका राज्यमन्त्री सरोजसिंह कुशवाहाका अनुसार तीनै दिन मन्त्रालयसहित विभिन्न सरकारी कार्यालयमा दीपावली मनाउन पत्राचार समेत गरिसकिएको छ ।
राष्ट्रिय दिवसको रुपमा बिहीवार सरसफाई कार्यक्रम गरिएको छ । संविधान दिवसको पहिलो दिन बिहीवार डेंगु रोग नियन्त्रणका लागि प्रदेशको अस्थायी राजधानी जनकपुरधामको जिरोमाइलदेखि बसपार्कसम्म सरसफाई कार्यक्रम आयोजना गरिएको छ । डेंगु रोग सम्बन्धी प्रचारात्मक पर्चा समेत वितरण गरिएको छ ।
कार्यक्रम बिहीवार बिहानै आयोजना गरिएको भएपनि प्रदेश सरकारका कुनै पनि मन्त्री, राज्यमन्त्री वा मुख्यमन्त्रीसम्म उपस्थित भएनन् । कार्यक्रममा प्रदेश सरकारको विभिन्न मन्त्रालयका सचिवदेखि विभिन्न तहका कर्मचारी, सुरक्षा निकायका प्रमुखदेखि सुरक्षाकर्मीको मात्र उपस्थिति थियो ।
राज्यमन्त्री कुशवाहाका अनुसार संविधान जारी भएको दिन असोज ३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जानकी मन्दिरसम्म प्रभातफेरी गरिने, असोज ४ गते लागूऔषध तथा साइबर क्राइम सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम आयोजन गरिने कार्यक्रम तय भएको छ ।
सत्तारुढ समाजवादी पार्टीको भातृ संगठन समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष समेत रहेका भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले भने प्रदेश सरकारको मुखिया भएको नाताले बाध्यात्मक रुपमा मुख्यमन्त्री राउतले संविधान दिवसको रुपमा दीपावली मनाउन लागेको भएपनि आफूले नमान्ने बताए । ‘प्रदेश सरकारले निर्णय गरेपनि आफू भने पार्टीले गरेको परिपत्र अनुसार न त खुशीयालीको रुपमा दीपावली मनाउने, न त विरोधमा कालो दिवस नै मनाउने छौं,’ कृषि राज्यमन्त्री यादवले भने, ‘असोज ३ गते संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयको अन्तर्क्रियात्मक कार्यक्रममा सहभागी हुनेछु ।’
गत भदौ ३० गते समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट अन्तर्क्रिया गर्ने निर्णय गरिएको परिपत्र पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले जारी गरेका थिए ।
प्रदेशमा समाजवादी पार्टी (सपा) नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको साझा गठबन्धन सहितको सरकार छ । संघ सरकारमा सपा सहभागी छ भने राजपा प्रतिपक्षमा छ । सपाबाट सरकारमा सहभागी नेताले संविधान दिवस राष्ट्रिय उत्सवको रुपमा मनाउन थालेको भएपनि प्रदेशमा सरकारको घटक राजपाले ‘कालोदिन’को रुपमा मनाउने भन्दै संविधान दिवसको विरोध गरिरहेको छ ।
प्रदेश सरकारमा राजपाको तर्फबाट नेतृत्व गरिरहेका संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले भने, ‘हाम्रो पार्टी राजपाले संविधान दिवस होइन, कालोदिनको रुपमा विरोध गरिरहेकाले म पनि कालो दिवस नै मनाउँछु ।’ संविधान दिवसको उत्सवमा प्रदेश सरकारभित्रै अलग–अलग धार देखिएका छन् ।
राजपाले संविधान दिवसलाई विरोध स्वरूप कालोदिन मनाउन विभिन्न जिल्लामा विरोध जुलुसको नेतृत्व तथा कोणसभाको नेतृत्व गर्न पार्टीका प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेश सभाका सदस्य तथा पार्टीका विभिन्न पदाधिकारीसहित शीर्ष नेतालाई जिम्मेवारी दिएर खटाएको छ ।
प्रदेश सरकारमा रहेका ३ जना मन्त्री र ३ जना राज्यमन्त्रीलाई खटाएको छैन । गत वर्ष मन्त्री र राज्यमन्त्रीलाई पनि विरोध सभाको नेतृत्व गर्न खटाएको थियो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...