×

NMB BANK
NIC ASIA

कुकुर पालन: सुरक्षा कि सोख

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौँ, १९ चैत– ललितपुर कुपण्डोलका सञ्जय तण्डुकारले तीन वर्षदेखि ‘पग’ नामक कुकुर पाल्दै आएका छन् । घरको सुरक्षा र कोही नभएको समयमा आमालाई पनि साथी हुने भएकाले कुकर पालेको उनको भनाइ छ । साथीले ल्याएको देखेर तण्डुकारलाई पनि कुकुर पाल्न रहर लाग्यो । त्यसपछि २० हजारमा कुकुर किनेर ल्याई पाल्न सुरु गरे ।

कैलाली धनगढीका लोकबहादुर खड्काले स्थानीय माइतीघरस्थित रोयल केनलबाट १० हजार ५ सय रुपैयाँमा जर्मन सेफर्ड जातको कुकुर किनेर पाल्न थाले । घरमा त्यही जातको कुकुर हुँदाहुँदै उनले त्यही जातको पोथी पनि किनेर ल्याएका छन् । डोटी घर हुँदा खड्का ‘भोटे कुकुर’ पाल्थे । अहिले भोटे कुकुर पाइन छाडेपछि उनले उन्नत जातका कुकुर पाल्न थालेका हुन् । ‘दुईटा हुने भएपछि आपसमा खेल्न सजिलो हुने भएकाले त्यही जातको अर्को कुकुर किनेको हुँ, घरको सुरक्षा मात्र नभई सोखको रुपमा पालेको हुँ,’ खड्का भन्छन् ।

गाउँघरतिर अहिले पनि सुरक्षाका लागि कुकुर पाल्ने गरिन्छ । सहरमा भने सुरक्षा भन्दा बढी सोखले कुकुर पाल्ने चलन छ । दुई दशकदेखि कुकुरको व्यापार गरिरहेका रोयल केनलका सञ्चालक केशरसिंह केसी सहरमा मानिसले घरको सुरक्षासँगै सोखका लागि कुकुर पाल्ने गरेको बताउँछन् । ‘कुकुर २४ सै घन्टा घरमा हुने हुँदा मान्छे घरमा आएपछि उसको भुक्ने शैलीले आफन्त वा चोर आएको हो भन्ने सजिलै थाहा पाउन सकिन्छ, त्यसैले धेरैले सुरक्षागार्डको सट्टा कुकुर पाल्ने गरेका छन,’ केसी भन्छन्, ‘अन्य घरपालुवा जनावरभन्दा मानिससँग खेल्ने भएकाले पनि मानिस कुकुर पाल्न बढी रुचाउँछन् ।’

चाँडै बच्चा उत्पादन हुने र एउटा बच्चा ३ देखि १० हजारसम्म बिक्री हुनाले मानिसहरु बच्चा बेचेर आम्दानी गर्नका लागि पनि कुकुर पाल्ने गर्छन् । काठमाडौँ उपत्यकामा करिब सय घरपरिवारले बच्चा उत्पादन गरेर बिक्री गर्ने गर्छन् । पग, जर्मन सेफर्ड, बक्सर, ल्याब्रा डोर, ककर स्पाइनल र जापानी स्पिज जातका कुकुर बढी बिक्री हुने गर्छ । सुरक्षाका लागि जर्मन सेफर्ड अधिक रुचाइन्छ ।

नेपालमा विसं २०४८ देखि व्यावसायिक रुपमा कुकुर पाल्न थालिएको हो । एक दशकअघिदेखि भने उपत्यकामा कुकुरपालन ह्वात्तै बढको बताइन्छ । उपत्यकामा कुकुरको व्यवसाय गर्ने ३५ केनल ९कुकर घर० सञ्चालनमा छन् । महिनामा सय कुकुर बेच्ने रोयल केनल माइतीघरमा १२ प्रजातिका कुकुर छन् ।

माउन्ट एभरेस्ट केनल क्लब मध्यबानेश्वरका सञ्चालक सुरेश शाह सुरक्षाभन्दा पनि सोखका रुपमा कुकुर पाल्नेहरु रहेको सुनाउँछन् । ‘सुरक्षाका लागि कुकुर पाल्दा कुकुरलाई आक्रामक बनाउनु पर्छ, त्यसो गर्दा कुकुरले अन्य मानिसलाई टोक्ने हुँदा जोखिम मोलेर मानिस सुरक्षाका लागि पाल्न हच्किन्छन्, बरु खेलेर आनन्द लिन रुचाउँछन्,’ एभरेस्ट केनल क्लबका शाह भन्छन्, ‘कतै बाहिरबाट काम सकेर घरमा आएपछि कुकुरसँग दुई चार मिनेट खेल्दा मानिस आफ्नो दिनभरिको थकाइ मरेको अनुभव गर्छन् । त्यसैले कुकुरलाई अहिले आफ्नो साथीका रुपमा बढी लिने गरिन्छ ।’

एभरेस्ट केनलमा बिक्रीका लागि सेन्ट वर्नाट, गोल्डन रिटिभर, ककर ल्यापे, पग, जापानिज स्पिज, जर्मन सेफर्ड गरी २० जातका कुकुर छन् । अरु जनावरलाई भोक लागेपछि खानेकुरा दिँदा आनन्द मान्छन् तर कुकुर खानेकुरा सँगसँगै मानिससँग खेल्न रुचाउँछन् । अन्यजस्तो नभई मानिससँग पनि आफ्नो प्रतिक्रिया बुझ्ने जनावरका रुपमा कुकुरलाई लिइन्छ । बाहिरबाट मानिस आएपछि पुच्छर हल्लाएर स्वागत गरेपछि आफूले पनि कुकुरलाई त्यस्तै प्रत्युउत्तर दिनुपर्छ ।

विदेशी कुकुरका बच्चा नेपालमै

एक दशकअघिसम्म भारत, चीन र थाइल्यान्डबाट ५० प्रतिशत हाराहारीमा कुकुर आयात गरिन्थ्यो । अहिले नश्ल सुधारमार्फत नेपालमै उन्नत जातका कुकुर उत्पादन गरिन्छ । अझै २० प्रतिशत कुकुर भारत र थाइल्यान्डबाट आयात गरिने रोयल केनलका सञ्चालक केसी बताउँछन् ।

यहाँ सञ्चालित बच्चा उत्पादन गर्ने ठाउँ (ब्रिड हाउस) मा नै विदेशी कुकुर ल्याएर बच्चा उत्पादन गर्न थालिएको छ । विदेशबाट सधैँ ल्याउन सम्भव नभएकाले नेपालमा ती जातका भाले र पोथी ल्याएर बच्चा उत्पादन थालिएको व्यवसायी बताउँछन् । ‘विदेशबाट ल्याइएका कुकुर यहाँको वातावरणमा मिल्न गाह्रो हुन्छ,’ केसी भन्छन्, ‘नेपालमा उत्पादन गरेका विदेशी कुकुर यहाँको हावापानीअनुसार घुलमिल हुन्छन् ।’

सर्वसाधारणले १५ देखि ५० हजार रुपैयाँसम्मका कुकुर बढी पाल्ने गर्छन् । व्यवसायीका अनुसार नेपालमा सामान्यतया कुकुरको मूल्य ५ हजारदेखि २ लाखसम्म पर्छ । एक दुई घरमा भने भोटे जातको १० लाख पर्ने कुकुर पालेको पाइन्छ । बुलडगलाई २ लाख, साइबेरिया हस्की, नेपोलियन म्यास्ट्रिफ र अमेरिकन बुलीलाई १ लाख तथा सेन्ट बर्नाट, कट् वारडा, ग्रेड डेन र पोमोरियन जातका कुकुरको ५० हजार रुपैयाँ पर्छ ।

सबभन्दा बढी बिक्री हुने जर्मन सेफर्ड १५ देखि २० हजार र जापानिज स्पिजको मूल्य ५ हजार रुपैयाँ पर्छ । कुकुरलाई बिहान बिस्कुट त्यसपछि खानामा अनिवार्य मासु र डगफुड खुवाइन्छ । कुकरहरु बिहान र साँझका खानामा भँैसीको मासु बढी रुचाउँछन् । आहारामा दैनिक १५० देखि ५०० रुपैयाँ खर्च हुने गर्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x