×

NMB BANK
NIC ASIA

निरंकुश राजतन्त्रले बनाएको कमसल निवासमा बस्छु : प्रधानमन्त्री ओली

असोज २, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देश लगातार प्रगति र विकासको गतिमा अगाडि बढ्दै गएको बताएका छन् ।

Muktinath Bank

बालुवाटारस्थित प्रधानमन्त्री निवास भवनको शिलान्यासपछि बिहीवार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारबाट केही पनि भएन र सरकारले केही पनि गरेन भनेर कराउनेलाई व्यवहारबाट जवाफ मिल्दै जाने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद् भवनलगायत अन्य आवाससमेत निर्माण गर्दै र विभिन्न स्थानमा बाटोको शिलान्यास तथा उद्घाटनसँगै आयोजना सम्पन्न हुँदै जाने दृढता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, ‘काम सम्पन्न भएर देश अगाडि बढेको कुराले तस्वीर आफैं बोल्छ भनेझैं परिणाम आफैं बोल्छ, व्यवहारबाट जवाफ मिल्छ, त्यस कारण हामीले धेरै कुरा बोलिरहनु पर्दैन ।’


Advertisment
Nabil box
Kumari

बुधवार सांसद भवन शिलान्यास गरेर महत्वपूर्ण पाइला अगाडि बढाएको उल्लेख गर्दै उनले प्रधानमन्त्री निवासको भवन आफ्ना लागि बन्न लागेको भनेर नबुझ्न आग्रह गरे । उनले आलोचना गर्न बानी परेकाले जस्तो काम गरे पनि आलोचना गर्न नछाड्नेसमेत जिकिर गरे ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीले नकारात्मक टिप्पणी गर्नेलाई आफ्नो पाना पल्टाएर हेर्दा पनि अप्ठ्यारो नलाग्ने गरी आलोचना गर्न सुझाव दिए । ‘कतिपय सञ्चारमाध्यममा देखें, संसद् भवन किन बनाउन लागेको यत्रो खर्च लगाएर भनेर, संसद् भवन पनि चाहिने, सित्तैमा पनि हुनुपर्ने कसरी होला ?’ प्रधानमन्त्रीको प्रतिप्रश्न गरे ।

‘आलोचना गर्ने बानी लागेकाबाट भवन कम खर्चमा बनायो भने सस्तोमा बनाएको भनेर आलोचना हुन्थ्यो, सानो बनायो भने बाख्राको खोर हो ? भनेर आलोचना हुन्थ्यो, अलि मजबुद बनायो भने यत्रो ठूलो किन चाहियो भन्ने हुन्थ्यो, नबनाए गफ मात्रै गर्छ भन्थे,’ प्रधानमन्त्रीले भने ।

देशको सर्वाेच्च जनप्रतिनिधि संस्था, स्वतन्त्रताको प्रयोग गर्ने थलो, नीति निर्माण गर्ने संस्था स्वतन्त्र ढंगले कसैको दायित्व र दबाव नलिइ प्रभावबाट मुक्त राख्न आफ्नै खर्चले बनाउन लागेको भन्दै उनले संसद् भवन सताब्दीका लागि बन्ने उल्लेख गरे ।

प्रधानमन्त्री निवास भवन निर्माण सम्पन्न हुँदा नहुँदै आफ्नोे कार्यकाल सकिने उल्लेख गर्दै उनले आफू ४१ औं प्रधानमन्त्री भएको र भवन आगामी २४१ औं प्रधानमन्त्री आउँदा पनि बस्न सक्ने गरी बन्न लागेको बताए ।

उनले यसअघि पटक–पटक गरेर बनेको प्रधानमन्त्री निवास निरंकुश राजतन्त्रले कमसल खालको बनाएको उल्लेख गर्दै भूकम्पले क्षति पुर्‍याउँदासमेत त्यसैमा बसिरहेको र अब बन्ने भवन वर्तमान समयको आवश्यकतालाई ध्यानमा राखेर निर्माण हुने बताए ।

प्रधानमन्त्री ओलीले वर्तमान समयमा देशको शासन, प्रशासन तथा विकास निर्माणका कामको विचार, विमर्श परामर्श या कूटनीतिक सम्बन्धलाई प्रभावकारी र सफलतापूर्वक अगाडि लैजानका लागि र आधुनिक विज्ञान प्रविधिको प्रयोग गर्ने खालको भवनको डिजाइन तयार भएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x