फिफा वरियतामा नेपालको स्थान सुधार

असोज २, २०७६

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले ५ स्थान सुधार गरेको छ ।

फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ५ स्थान सुधार गर्दै १६१ औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६ औं स्थानमा रहेको थियो ।


ADVERTISEMENT

दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १०४ औं स्थानमा छ भने माल्दिभ्स १५३ औं स्थानमा छ । 

त्यसैगरी नेपालभन्दा तल रहेको भूटान १८५ औं स्थानमा रहँदा बंगलादेश १८७ औं स्थानमा छ । श्रीलंका २०२ औं स्थानमा छ भने पाकिस्तान २०३ औं स्थानमा रहेको छ ।

विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ । 

इंगल्याण्ड चौथो, पोर्चुगल पाँचौं, उरुग्वे छैटौं, स्पेन सातौं, क्रोएसिया आठौं, कोलम्बिया नवौं र अर्जेन्टिना दशौं स्थानमा रहेका छन् । 

असोज २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस