महिन्द्रा ट्रयाक्टरमा उत्सव योजना

असोज २, २०७६

काठमाडौं – महिन्द्रा अटोमोबाइल्स तथा ट्रयाक्टरको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले विश्वकर्मा पूजा समारोह सम्पन्न गरेको छ ।

कम्पनीले विश्वकर्मा पूजा, दसैं, तिहार तथा छठजस्ता महान् चाडपर्वको अवसरमा आफ्नो योजना महिन्द्रा उत्सव अन्तर्गत ‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दंग’ भन्ने नारासहित योजनालाई अगाडि सारेको छ । 


ADVERTISEMENT

योजनामा ईभो, नोभो, र जिभो लगायत महिन्द्रा कम्पनीका कुनै पनि ट्रयाक्टर किन्दा ट्रयाक्टर धनीले डबल डोर फ्रिज तथा ट्रयाक्टर चालकले सामसङको एन्ड्रोइड स्मार्टफोन पक्का पुरस्कार स्वरुप प्राप्त गर्न सक्नेछन् भने बम्परमा पुरस्कारमा महिन्द्राको १२५ सिसीको गुस्टो स्कुटर पनि प्रदान गरिने छ । यसका अतिरिक्त ग्राहकले अन्य थुप्रै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् ।

दशैंको समय भनेको खुशीयालीले भरिपूर्ण समय हो र सामान्यतया उत्सवको समयमा घरमा नयाँ सामान खरिद गरिने गरिन्छ । उत्सवको यो अनुभवलाई जीवन्त एवं सुखद बनाउन महिन्द्राले आफ्ना ग्राहकसमक्ष विगतका वर्षमा जस्तै महिन्द्रा उत्सव योजना प्रस्तुत गरेको छ । यसै सिलसिलामा ग्राहकको भावनालाई आत्मसाथ गर्दै अझ बलियो सम्बन्ध स्थापित गर्न योजना प्रस्तुत गरिएको कुरा प्रेस विज्ञप्तिमार्फत् जानकारी गराइएको छ । 

असोज २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस