×

NMB BANK
NIC ASIA

विद्युतीय सामानको आडमा लागूऔषध कारोबार, ७ जना पक्राउ

असोज २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विद्युतीय सामानको कारोबार गर्ने भारतीयले नेपालमा ठूलो परिणाममा लागूऔषध भित्र्याउने गरेको तथ्य खुलेको छ ।

Sagarmatha Cement
Muktinath Bank

लागूऔषध नियन्त्रण ब्यूरोले असोज १ गते ३ जना भारतीयसहित ४ जना नेपालीलाई ठूलो मात्रामा नियन्त्रित मनोद्विपक पदार्थ एम्पुल ४ हजार ३ सय २६ वटासहित पक्राउ परेसँगै तस्करीको रहस्य खुलेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुरुषोत्तमपुर बैरगनिया बस्ने ३७ वर्षीय अभिषेककुमार जयसवाल, ३७ वर्षीय राजा कुणाल र ३२ वर्षीय राजेशकुमार जयसवाललाई लागूऔधध नियन्त्रण ब्यूरोले भारतीय नम्बर प्लेटको बीआर ३० पी ८६०७ नम्बरको सेतो स्कर्पियोसहित पक्राउ परेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी वसन्त लामाले बिहीवार पत्रकार सम्मेलनमा बताए ।


Advertisment
Nabil box
Kumari

एसएसपी लामाले भने, ‘यी मध्येका १ जना अभिषेककुमार जयसवालले विद्युतीय सामानको होलसेल कारोबार गर्दै आएका थिए । यसैको आडमा लागूऔषधको कारोबार गर्दै आएको अनुसन्धानमा देखिएको छ ।’

Vianet communication
Laxmi Bank

भारतीयले चामल र पिठोभित्र लुकाएर डाइजेपाम १०४७ एम्पुल, नर्फिन १०३७ एम्पुल, र फेनारगन १०४२ एम्पुलसहित पक्राउ गरेको छ ।

जेल सजाय भुक्तान गरेपछि लागूऔषधको धन्दा

भदौ २७ गते लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जम्बु डाँडाबाट ४ जना नेपालीलाई नियन्त्रणमा लियो । सिराहा गोलबजार नगरपालिकाका ४२ वर्षीय उतिमलाला साह, उदयपुर त्रियुगा नगरपालिकाका ३४ वर्षीय सुजेन्द्र लोहनी, काभ्रे रोशी गाउँपालिकाका २८ वर्षीय पेमा लामा र सिराहा गोलबजार नगरपालिकाका २३ वर्षीय अशोक तामाङलाई प्रहरीले नियन्त्रित डाइजेपाम, फेनारगन र नुर्फिम १२ सय एम्पुल पनि बरामद गर्‍यो ।

‘अनुसन्धान गर्दै जाँदा उनीहरू सबै जना यसभन्दा अगाडि कर्तव्य ज्यान मुद्दा, लागूऔषध, डाँकाचोरी लगायतका मुद्दामा ३/४ बर्ष जेलमा कैद भुक्तान गरेको देखियो,’ एसएसपी लामाले भने ।

पक्राउ परेका उतिमलाल साह कर्तव्य ज्यान मुद्दामा २ वर्ष ९ महिना सिराहा कारागारबाट कैद भुक्तान गरेको,  सुजेन्द्र लोहनी लागूऔषध मुद्दामा २ वर्ष सिराहा कारागारबाट कैद भुक्तान गरेको, पेमा लामा डाँकाचोरी मुद्दामा ३ वर्ष ४ महिना काभ्रे तथा सिराहा कारागारबाट कैद भुक्तान गरेको र अशोक तामाङ बलात्कार मुद्दामा २ वर्ष ६ महिना सिराहा कारागारबाट कैद भुक्तान गरिसकेका व्यक्ति रहेको लामाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x