मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
लण्डन-बेलायतमा हरेक घण्टा औसतमा दुई सय जनाले चुरोट त्याग्ने गरेको एक तथ्याङ्कले देखाएको छ ।
यूनिभर्सिटी कलेज लण्डनले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चुरोट त्याग्नेहरुको सङ्ख्या औसतमा बेलायतमा सवैभन्दा धेरै रहेको छ ।
गत दश बर्षको अवधिमा छिट्टै चुरोट त्याग्नेहरूको संख्यामा बेलायत सवैभन्दा अगाडि देखिएको पब्लिक हेल्थ इङ्ल्याण्ड (पिएचइ)ले जनाएको छ ।
राष्ट्रिय धुम्रपान अध्ययनको पछिल्लो विवरण अनुसार यही सन् २०१९ को जनवरीदेखि जुलाई सम्ममा धुम्रपान गर्ने वयस्कहरूको सङ्ख्या २.२ प्रतिशतले घटेको छ ।
बेलायतमा धुम्रपानकर्ताहरूको सङ्ख्या पछिल्लो समय निकै कम हँुदैगएको छ । अहिले पनि १४.४ प्रतिशत वयस्कहरूले धुम्रपान गर्ने गर्दछन् ।
लैङ्गिक रूपमा हेर्दा धुम्रपान गर्ने पुरुषको सङ्ख्या १६.४ प्रतिशत र महिलाको सङ्ख्या १२.६ प्रतिशत रहेको पिएचइले जनाएको छ ।
पिएचइले गत अक्टोबरदेखि धुम्रपान छोड्न प्रेरित गराउने देशको सवैभन्दा ठूलो अभियान सुरु गरेको हो ।
पिएचइका मेडिकल डाइरेक्टर यभोन्ने डोयलेका अनुसार अभियानका कारण धुम्रपान त्याग्नेहरुको सङ्ख्या उल्लेख्य देखिएको छ ।
उहाँले भन्नुभयो, “यो साँच्चै प्रभावकारी देखिएको छ, प्रारम्भिक सङ्केत नै उत्साहजनक भएपनि धुम्रपान रहित समाज बनाउने महत्वाकाङक्षातर्फ हामी लागेका छौँ ।”
धुम्रपान छुटाउने बर्षभरीको देशव्यापी कार्यक्रमलाई स्टपटोबर नाम दिइएको छ । यस अभियानबाट लाखाँै नागरिकले धुम्रपान त्याग्ने अपेक्षा गरिएको छ ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...