×

NMB BANK
NIC ASIA

सुविधासम्पन्न होटल तथा रिर्साेट खुल्ने क्रम बढ्दो

असोज ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

परासी– पर्यटकलाई लक्षित गर्दै पछिल्लो समय पश्चिम नवलपरासीमा सुविधासम्पन्न होटल तथा रिर्साेट खुल्ने क्रम बढ्दो छ । 

Sagarmatha Cement
Muktinath Bank

विशेषगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको सुनवलदेखि बर्दघाटसम्मका आसपास क्षेत्रमा अहिले सयौँ होटल सञ्चालनमा आएका छन् । अझै धेरै होटल थपिने क्रममा पनि छन् । जिल्लामा पछिल्लोपटक पर्यटन प्रवद्र्धनका गतिविधिले तीव्रता पाएसँगै यहाँका लगानीकर्ता होटल तथा रिर्साेटमा आकर्षित भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर सरकारले पर्यटन लक्षित गतिविधि बढाएको तथा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पनि छिट्टै सञ्चालनमा ल्याउने भएपछि स्वदेशी तथा विदेशी पर्यटकको चाप बढ्ने आसमा यहाँका लगानीकर्ता उत्साहित छन् ।
 
होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ नवलपरासीका अनुसार विशेषगरी अहिले व्यापारिक केन्द्रको रुपमा विकास हँुदै गएको भूमही क्षेत्रमा सुविधासम्पन्न होटल तथा रिर्साेट धेरै मात्रामा खुलेका छन् । लुम्बिनीबाहेक पश्चिम नवलपरासीमा रहेका पर्यटकीयस्थलमा पनि पर्यटन आकर्षित गर्न सकिने धेरै सम्भावना भएकाले लगानीकर्ता उत्साहित देखिएको सङ्घका अध्यक्ष रमेश पाण्डे बताए।  


Advertisment
Nabil box
Kumari

“भैरहवाको विमानस्थल सञ्चालन भएपछि भैरहवासहित प्रदेशको अस्थायी राजधानीसमेत रहेको बुटवलमा पर्ने चापलाई मध्यनजर गर्दै नजिकको दूरी र त्यहाँको  विकल्पको रुपमा पश्चिम नवलपरासीको भूमही, बर्दघाट, सुनवललगायतका स्थान पर्यटकको रोजाइमा पर्ने यहाँका लगानीकर्ताको विश्वास छ”, अध्यक्ष पाण्डेले भने।
      
जिल्लामा पछिल्लोपटक पर्यटकीय गतिविधि बढ्दै गएको छ भने सामाजिक आर्थिक विकाससँगै लगानीको वातावरण बनेकाले होटल तथा ठूलो लगानीको रिर्साेटमा लगानी बढेको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले बताए।

Vianet communication
Laxmi Bank

“जिल्लामा मूल भन्सारको रुपमा महेशपुर भन्सारको सञ्चालन हुनु, औद्योगिक क्षेत्रको रुपमा विकास हुँदै जानु, लगानीको वातावरण बन्नु, भैरहवाको विमानस्थलबाट नजिकको दूरी, रामग्राम स्तूपमा पर्यटकको चहलपहल वृद्धि हुँदै जानुजस्ता कारणले अहिले यो क्षेत्रमा लगानी बढेको हो”, उनले भने।
 
एक वर्षअघि भूमहीमा करीब सात करोडको लगानीमा नेचर रे रिभर भ्यू रिर्साेट सञ्चालनमा ल्याउनुभएका व्यवसायी कृष्णनारायण श्रेष्ठले पर्यटकलाई नै लक्षित गरेर आफूले लगानी गरेको बताए।  

“नवलपरासी जिल्ला अहिले पर्यटकीय हिसाबले अघि बढ्दैछ, यहाँका धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका स्थानहरुको प्रचारप्रसार, विकास र संरक्षण गर्दै पर्यटक आकर्षण गर्ने संरचना निर्माण गर्न सके यहाँ पनि धेरै पर्यटक ल्याउन सकिन्छ, भैरहवाको विमानस्थल सञ्चालनमा आएपछि त यहाँ आएर बस्न पनि पर्यटकलाई सहज हुन्छ”, उनले भने। 

यसअघि जिल्लामा सुविधासम्पन्न होटल नहुँदा पाहुनालाई बुटवल भैरहवाका होटलमा बास बसाल्नुपर्ने बाध्यता रहेको तितो अनुभव सुनाउँदै उहाँले यहाँ आउने पर्यटकको बसाइँ पनि लम्ब्याउन सकिने बताउनुभयो । रामग्राम स्तूप, लुम्बिनी जानका लागि भूमही केन्द्रविन्दु रहेको तथा बुटवल, पाल्पा जानका लागि पनि भूमही नै केन्द्रमा पर्ने भएकाले व्यापारिक हिसाबले पनि यहाँका होटल तथा रेष्टुरेण्ट एवं रिर्साेट फस्टाउने अवसर रहेको उनले बताए। 
 
यसैगरी भूमहीमै छ महीनाअघि सञ्चालनमा आएको होटल एटलसका सञ्चालक कृष्ण श्रेष्ठले जिल्लामा सुविधासम्पन्न होटलको अभावमा यहाँ आउने पाहुनालाई बाहिरी जिल्लामा पठाउनुपर्ने बाध्यता अन्त्य गर्न पनि आफूले यो क्षेत्रमा लगानी गरेको उनले बताए।
 
“अहिले भूमही व्यापारिक र पर्यटनको हिसाबले मुख्य जक्सनको रुपमा स्थापित भएको छ, यहाँबाट रामग्राम स्तूप १० किलोमिटर र लुम्बिनी ४० किलोमिटरको दूरीमा मात्र छ, यहाँबाट धेरै शाखा बाटोहरु पनि छन्, अब पर्यटक अलपत्र पर्नुपर्ने अवस्था छैन”, उनले भने।
 
नवलपरासी जिल्ला आफैँमा पर्यटनको हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले अब यहाँका पर्यटकीयस्थलको विकास र व्यापक प्रचारप्रसारमा सरकारसहित सबै मिलेर लाग्नुपर्ने उनको धारणा छ । पर्यटकीयस्थलमा पूर्वाधार निर्माण, पर्यटकीयस्थलसम्म पुग्ने सडकको स्तरवृद्धि, यातायात विस्तार तथा पर्यटकको बसाइँ लम्ब्याउन सकिने अन्य संरचना निर्माण गर्न जरुरी रहेको भन्दै उहाँले तीनै तहका सरकारको अब यसमा ध्यान जानुपर्ने उल्लेख गरे। 

घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका अनुसार जिल्लामा गत आव २०७५÷७६ सम्ममा एक हजार ६३ पर्यटन उद्योग सञ्चालनमा छन् । गत आवमा मात्रै १२८ पर्यटन उद्योग दर्ता भएको कार्यालय प्रमुख नेत्रप्रसाद भुसालले बताए। “व्यवसायीहरु पर्यटन उद्योगमा आकर्षित भएपछि सयौँले रोजगारी पाएका छन्, आर्थिक क्रियाकलाप बढेको छ, मुलुककै विकासमा यसले टेवा पुर्‍याएको छ”, उनले भने। 

अहिले जिल्लामा सबै स्तरका होटलहरु खोल्ने प्रतिस्पर्धा जस्तै छ । नेचर रे रिभर भ्यू रिर्साेट, लोटस रिर्साेट, हिमालयन होटल, एटसल होटल, रोयल कटेज, सनसाइन होटललगायतका स्तरीय होटल तथा रिर्साेटहरुले अहिले जिल्लाकै प्रतिष्ठा राखेका छन् ।
 
यसबाहेक करोडौँ लगानीका अन्य ठूलाठूला होटलहरु पनि निर्माणाधीन अवस्थामा रहेका छन् । सदरमुकाम परासी क्षेत्रमा भने अझै पनि स्तरीय होटलको अभाव नै छ । सदरमुकामबाट सरकारी कार्यालय विस्थापित भएसँगै यहाँ लगानीकर्ताले लगानी गर्न रुचि देखाएका छैनन् । 

अब जिल्लामा रहेका महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थलको विकास नै प्राथमिकतामा पर्नुपर्ने पर्यटन व्यवसायीको जोड छ ।

पश्चिम नवलपरासीमा भगवान् गौतमबुद्धको अस्तुधातु रहेको रामग्राम स्तूप, बुद्धसँगै सम्बन्धित कोलिय गणराज्यको राजधानी पण्डितपुर, अनोमाघाट, ऐतिहासिक पाल्हीभगवती मन्दिर, महलपोखरी, नन्दनताल, बाबा बर्दगोरिया, देवदह ताल, कृष्णधाम, संसारकोट, बुद्धमङ्गल ताल, कञ्चनगढी, चुहाडी, बालपुरी मठधुनी मन्दिर, डाकापानी सिमसार, बाउन्न घोला सिमसार, चिसापानी सिमसार, कोलवृक्ष जावा क्षेत्र, सुस्ताजस्ता स्थलहरु धार्मिक तथा पर्यटकीय हिसाबले निकै सम्भावना बोकेका क्षेत्र छन् ।
 
स्थानीय, प्रदेश र सङ्घीय सरकारले यी क्षेत्रहरुको विकासमा चासो देखाउँदै लगानी गर्न थालेका छन् । यद्यपि यो पर्याप्त नभएको स्थानीयवासीले बताउँदै आएका छन् । यी क्षेत्रहरुको पर्याप्त विकास गर्न सकिए यहाँको पर्यटन व्यवसाय फस्टाउनुका साथै रोजागारीमा वृद्धि, जीवनस्तरमा परिवर्तन आउनुका साथै विदेश पलायनसमेत रोक्न सकिने होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घको दाबी छ । मोहन पौडेल,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x