कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
काठमाडौं–संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएको चार वर्ष पुगेको उपलक्ष्यमा आज (शुक्रवार)मुलुकभर आपसमा खुशियाली साटेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ ।
हजारौँको बलिदानपछि सशस्त्र सङ्घर्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ साल आजकै दिन मुलुकमा पहिलोपटक संविधान जारी भएको थियो । विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ संविधान बनाउने चाहना साकार भएको यो दिन आफैँमा ऐतिहासक र एक युगको अन्त्य र अर्काे युगको प्रारम्भ भएको दिन पनि हो ।
संविधान दिवसलाई यसपटक पृथक बनाउने उद्देश्यअनुरुप संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित मुलुकभरका कार्यक्रम झण्डामय बन्न पुगेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमात्रै होइन, हरेक सरकारी कार्यालय, संस्थान, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सर्वसाधारण हातहातमा झण्डा बोकी झण्डा अङ्कित टिसर्ट लगाएर दिवसमा सरिक भए । यसपटक सरकारले कार्यविधि परिवर्तन गरेर घरघरमा समेत झण्डा राख्न पाउने व्यवस्था गरेपछि यसको रौनक थप बढेको छ ।
संविधान दिवसका अवसरमा आज राजधानीको टुँडिडखेलमा सहभागी नेपाल बैंकका कर्मचारीले ‘हाम्रो सरकार, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाउँदै समावेशी संविधान जारी भएको सुखद अवसरमा खुशियाली साटे ।
राष्ट्रको गौरव राष्ट्रिय झण्डा अङ्कित सेतो टिसर्ट लगाएका उनीहरुको हातहातमा झण्डा थियो । जनप्रतिनिधिद्वारा जारी मुलुकको पहिलो संविधानलाई मनमस्तिष्कमा राखेर उनीहरु झण्डा फहराउँदै नाचगानमा व्यस्त भए।
यसैगरी आ–आफ्ना समूहमा झण्डा फहराएर विभिन्न सङ्घसंस्थाका प्रतिनिधि दिवसमा सहभागी भए । राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागितामा टुँडिखेलमा आयोजित विशेष समारोह चल्दै गर्दा पछिल्लो भागमा विभिन्न जातजातिको झाँकीसहित नाचगान गरेर खुशियाली मनाउनेको ठूलो भीड थियो ।
टुँडिखेलको चौर सर्वसाधारणदेखि सरकारी कर्मचारी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले भरिभराउ थियो । सबैले हातहातमा राष्ट्रिय झण्डा फहराएका थिए । अधिकांश सहभागीले झण्डा अङ्कित टिसर्ट लगाएका थिए । संविधान जारी भएको खुशी त छँदै थियो, त्यसमाथि कार्यक्रम झण्डामय भएकामा रौनक थप बढेको थियो ।
एक बैंकका कर्मचारी शैलजा शाहलाई यसपटकको संविधान दिवस खास लाग्यो । “विगतमा क्यालेन्डरमा मात्रै सीमित थियो, यसपालि साँच्चै नै दिवस आए झैँ भयो, झण्डा बोकेर आउँदा छुट्टै उत्साह भयो”, शाहले भनिन्। यसपटक झण्डा मात्रै भएकाले आगामी वर्ष राष्ट्रिय पोशाकमा सरिक हुन पाइयो भने दिवसको महत्व अझै बढ्ने भन्दै उनले सरकारलाई सुझावसमेत दिइन्।
सरकाले यसपटक ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने नारा तय गरेको थियो । उक्त नारालाई चरितार्थ गर्दै आज घरघरबाट झण्डा बोकेर सरकारी कर्मचारी तथा सङ्घसंस्थाका प्रतिनिधि दिवसको खुशियालीमा रमाए । सर्वसाधारणको स्वतःफूर्त सहभागिता थियो ।
विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित मौलिक वेषभूषामा भएको सहभागिताले टुँडिखेलको शोभा बढेको थियो । सांस्कृतिक संस्थानले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सांस्कृतिक झाँकी प्रदर्शन गरेको थियो । सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर शर्मा समावेशी संविधानअनुसार सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी झाँकी ल्याएको बताए।
टुँडिखेलमा कतै नौमती बाजा, कतै लाखे नाच, कतै सारङ्गीको धुन त कतै नेवारी समुदायका विभिन्न झाँकी र नृत्य प्रस्तुत भएका थिए । जुनसुकै कार्यक्रममा पनि सम्मानका साथ झण्डाको प्रयोगले संविधान दिवस थप उल्लासमय भएको थियो । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि हुँदा तलबाट झण्डा फहराएर स्वागत गरिएको थियो ।
संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित समारोहमा भने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल स्काउटबाट कवाज प्रदर्शन भएको थियो । विभिन्न क्षेत्रका जातजातिको वेषभूषासहितको झाँकी पनि प्रदर्शन गरिएको थियो ।
नेपाल पर्यटन बोर्डले संविधान दिवसमा झण्डाको महत्वलाई विश्वसामु परिचित गराउने गरी अभियान चलाएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० नजिक आउन लागेकाले दिवसका अवसरमा विमानस्थलबाट आउने पर्यटकलाई झण्डाले स्वागत गरेको उल्लेख गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने, “नेपालको जस्तो त्रिकोण भएको झण्डा विश्वमा कहीँ छैन, त्यसैलाई प्रचार गर्न सकियो भने पनि पर्यटन क्षेत्रमा ठूलो उपलब्धि हुन्छ ।”
दिवसका अवसरमा नेपालका महत्वपूर्ण पर्यटकीय क्षेत्र, मौलिक संस्कृति, परम्परा तथा वन्यजन्तुको झलकसहित टुँडिखेलमा प्रदर्शन गरिएको थियो । उक्त अभियानमा भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य आफैँ सक्रिय थिए। यहाँ कृषि, पशुका उन्नत बीउ तथा उत्पादनका बारेमासमेत प्रदर्शन गरिएको थियो । नारायण ढुङ्गाना,रासस
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...