×

NMB BANK
NIC ASIA

गर्मी छल्दै, सूर्योदय हेर्दै

असोज ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इलाम (अन्तुडाँडा)– झण्डै ५० किलोमिटरको दूरीमा तराई क्षेत्रमा प्रचण्ड गर्मी हुँदा अन्तुडाँडामा भने शितलो वातावरण छ । तराईका विभिन्न भागबाट गर्मी छल्नका साथै सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकका कारण पछिल्ला वर्षमा अन्तुडाँडाको पहिचान नै बदलिएको छ ।
    
इलामको सूर्याेदय नगरपालिका–५ स्थित यो ठाउँमा पर्यटकको बढ्दो चापसँगै यतिखेर ४५ घरवास (होमस्टे) र चार पाँचवटा होटेललाई पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याइ छ । तराई मात्र नभई नेपालका प्रसिद्ध पर्यटकीय स्थलबाट समेत पर्यटक अन्तुडाँडा पुग्ने गरेका छन् । यहाँ आउने जो कोही पर्यटकले यहाँबाट देखिने मनोरम दृश्य हेर्न लोभिने गरेका छन् ।
    
भरतपुर महानगरपालिका–१८ घर भई विगत डेढ दशकयता पोखरा बस्दै आएका लक्ष्मण कँडेलले अन्तुडाँडा आइपुग्दा यहाँको दृश्यले आफू निकै प्रभावित भएको बताए। हरिया चिया बगान, आकर्षक देखिने सूर्योदय, वरपरका पहाडी दृश्य सबै हेर्नै पर्ने स्थल भएको उनले बताए।
    
समुद्री सतहबाट करीब दुई हजार ३०० मिटर उचाइमा रहेको अन्तुडाँडामा रहेका चिटिक्क परेका चिया बगान, चिया बगानभित्रका कटेज, पोखरी, लस्करै मिलेका धुपिसल्लाका रुख यहाँका आकर्षण हुन् । पर्यटकको बढ्दो आगमनलाई लक्षित गरी होटेल तथा होमस्टेमा स्थानीयले लगानी बढाउँदै गएको स्थानीय पर्यटन व्यवसायी एवं होमस्टे एशोसिएशनका केन्द्रीय सदस्य एकराज घिमिरेले जानकारी दिए। उनका अनुसार यहाँका ४५ घरमा होमस्टे सञ्चालन गरिएको छ भने पाँच वटा होटेल रहेका छन् ।
    
प्रायः वर्षभर नै पर्यटकको आगमन हुने गरेको बताउँदै उनले यहाँबाट झण्डै १५ मिनेट नाङ्गो आँखाले सूयोदय देख्न सकिने जानकारी दिए। यहाँबाट भारतको दार्जलिङ घुमपहाडलगायतका रमणीय दृश्य पनि नियाल्न सकिन्छ । श्रीअन्तु परिसरमा रहेको सुन्दर ताल पनि यहाँको अर्को आकर्षण हो । तालमा देखिने धुपी सल्लाका बोटहरू, चिया बगानको छायाँले अर्को आकर्षण थपेको छ ।
    
चिसो हावापानीका कारण गर्मी छल्न र दृश्यावलोकन गर्न भारतका विभिन्न स्थानबाट पर्यटक आउने गरेको अर्का पर्यटन व्यवसायी रत्न खड्काले बताए। नेपालको पयटकीय विकासमा श्रीअन्तुले महत्वपूर्ण योगदान दिएको बताउँदै उनले यहाँको प्रचारप्रसार, व्यवस्थापन र पूर्वाधार विकासमा राज्यस्तरबाटै थप पहल भएमा यो आन्तरिक तथा बाह्य पर्यटनको महत्वपूर्ण गन्तव्य बन्ने धारणा राखे।
    
सूर्योदयका लागि झिसमिसेमा अन्तुडाँडा उक्लने पर्यटकलगायत तराईका समथर फाँटहरू अनि भारतीय शहरमा बलेको बत्तीको झिलिमिलीसमेतको अनुभव गर्न पाउँछन् । अन्तुले पर्यटकीयरुपमा २०४०/४१ सालदेखि चासो र चर्चा पाए पनि देशको द्वन्द्वात्मक अवस्था पछि मात्रै गति लिएको अन्तु पर्यटन विकास समितिका अध्यक्ष धनकुमार आलेले बताए।
    
विसं २०५२ देखि पेइङ गेष्टका रुपमा यहाँ स्थानीयले होमस्टे शुरु गरे पनि होमस्टेका रुपमा व्यवसायले गति भने २०५७ कात्तिक २२ देखि लिएको उहाँले जानकारी दिनुभयो । पोखरामा पर्यटन व्यवसायमा क्रियाशील हाइग्राउन्ड एडभेन्चर नेपालका प्रमुख सञ्चालक अधिकृत दिनेश महर्जन अन्तुडाँडाको धेरै पर्यटकीय सम्भावना रहेको बताउँछन्। 

Muktinath Bank

सूर्योदय हेर्नकै लागि इलामको अन्तुडाँडासहित पोखराको सराङकोट, म्याग्दीको पुन हिल पर्यटकका आकर्षण बन्दै गएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए। वासुदेव पौडेल,रासस


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x