×

NMB BANK
NIC ASIA

साङ्गठनिक सुधारमार्फत राष्ट्रिय सुरक्षाको जग बलियो बनाउँदै सेना

असोज ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले आर्थिक अनुशासन, लोकतान्त्रिकरण, पारदर्शीता र व्यावसायिकतालाई विशेष प्राथमिकता दिएको छ ।

Muktinath Bank

जनताको विश्वास र भरोसाको सङ्गठनभित्र मौलाउँदै गरेको विकृति र विसङ्गतिलाई अन्त्य गर्ने सोचका साथ वर्तमान सैनिक नेतृत्व साङ्गठनिक सुधारमार्फत राष्ट्रिय सुरक्षाको जग बलियो बनाउने आधार निर्माणमा लागेको छ ।
     
सेनाले गुनासो सुन्ने र निकास दिने संयन्त्रको विकास, भर्ना छनोट प्रक्रियामा सुधार, सैनिक नीति नियममा समयानुकूल पुनरावलोकन, पेशागत तालीममा निखरता, अनुशासन र सदाचार, कल्याणकारी कार्यक्रमको विस्तार र बन्दोबस्ती क्षमता वृद्धिजस्ता कार्यक्रम घोषणा कार्यान्वयनका लागि दृढतापूर्वक अघि बढेको छ ।
  
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपालीले कीर्तिमानी काम गर्दै आएको छ । हरियाली प्रवद्र्धन, प्रकृति संरक्षण, हिमाल सफाई, विपद् व्यवस्थापन, खेलकूदमा अब्बल, विदेशी सैनिकसँग सम्बन्ध विस्तार, नागरिक सैनिक सम्बन्ध विस्तार, सूचना प्रविधि सङ्गठन बनाउन निकै सोच विचार गरी नेपाली सेनाले हर प्रहर काम गरिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सङ्गठन सुदृढीकरणका लागि शुरु गरिएका अभ्यासले सकलदर्जामा सकारात्मक सन्देशको ऊर्जा सञ्चार भएको प्रधानसेनापति पूर्णचन्द्र थापाले दाबी गरेका छन् । राष्ट्रिय सैनिक रणनीति र ‘इन्टिलिजेन्स कमाण्ड’ तयार गर्ने तथा प्रतिरक्षा विश्वविद्यालय स्थापनाका लागि पहल गरिरहेको सेनाले राष्ट्रिय सुरक्षा नीति परिमार्जनका लागि सुझाव प्रतिवेदन तयार गर्ने, प्रस्तावित प्रतिरक्षा नीति स्वीकृतका लागि पहल र सङ्गठनको मूल ग्रन्थ पुनवरालोकन गर्ने काम गरिसकेको जनाएको छ ।


Advertisment
Nabil box
Kumari

नेपाली सेनाले पछिल्लो समय मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दाे छवि स्थापित गर्न सफल भएको छ । सेनाले प्रदर्शन गरेको अनुशासन, जिम्मेवारी र व्यावसायिक कौशलको देश र विदेशमा खुलेर प्रशंसा हुँदै आएको छ । राष्ट्रिय सुरक्षाका अतिरिक्त दरबार, सङ्ग्रहालयलगायत ऐतिहासिक महत्वका संरचना, विद्युत्गृह, भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा तथा विकास निर्माणको जिम्मेवारीसँगै नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने तथा मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्ने कार्यलाई नेपाली सेनाले अहिले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
 
वर्तमान साङ्गठनिक संरचनामा पुनःसंरचना गर्न र आधुनिक हातहतियार तथा उपकरण सुसज्जित, गतिशील, भरपर्दाे र सन्तुलितरुपमा अघि बढाउन नेपाल आर्मी ‘भिजन २०३०’ कार्यान्वयनका तयारी गरेको छ । जहाँ नेपाली सेना पुगेर काम थालेको छ, त्यहाँका जनता ढुक्क हुने परिस्थिति बन्नु भनेको सैनिक नागरिक सम्बन्ध विकासको अनुपम उदाहरण मात्र नभई सेनाले आर्जन गरेको ठूलो सम्पत्ति भएको रक्षामन्त्री ईश्वर पोखरेल बताउँछन्।

Vianet communication
Laxmi Bank

दीर्घकालीनरुपमा लागू हुने योजना र त्यसबाट हुने उपलब्धिको सम्भाव्यता अध्ययन गरिरहेको नेपाली सेनाले अप्रेसन कमाण्ड स्थापना गर्ने कार्यपत्र तयार, साइबर सुरक्षा संरचना निर्माणको कार्यपत्र तयार, संवेदनशील सूचनालगायतका नीति लागू गरिसकेको छ ।

राजनीतिक नेतृत्वलाई कहिल्यै अवज्ञा गर्ने स्वभाव नभएको सेनाले संविधानसम्मत हुने जुनसुकै सरकारका आदेशलाई सधैँ शिरोधार्य गर्दै आएको छ भने संविधान र कानूनप्रति सेना बफादार नै छ । नेपाली सेना जहिले पनि नेपाली जनतासँग भिजेर रहेको शक्ति हो । सैन्य भर्ना छनोट, पदोन्नति, भवन निर्माण, सामान खरीदजस्ता विषयसँग जोडिएर हुने अनियमितलाई क्यान्सरको सङ्ज्ञा दिँदै यस्ता प्रवृत्ति दोहोरिन नदिने सैनिक नेतृत्वले प्रण गरेको छ ।

लोकतान्त्रिक पद्धतिलाई प्रवद्र्धन गर्ने हेतुले सेनाले नेतृत्व संवाद, सिपाहीका साथ प्रधानसेनापति, त्रैमासिक रोलकल, गुनासो पेटिका, शिकायत जाँच निर्देशनालय, हन्टिड लाइनको व्यवस्था, सेना सुवेदारको व्यवस्था, महिला सैनिक र खेलाडीसँग अन्तर्क्रिया गर्दै आएको छ । सेनाले यो बीचमा पुरस्कार र दण्ड सजाय निर्देशिका लागू गरिसकेको छ ।
 
आफ्ना हिताधिकारीको कल्याणका लागि शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतको समृद्ध यात्रामा अघि बढिरहेको छ । व्यावसायिक, मिलनसार र अनुशासित सेनाका रुपमा विश्व समुदायबाट नेपाली सेनाले परिचित हुनु भनेको नेपालप्रतिका लागि ठूलो इज्जत, प्रतिष्ठा, विश्वास र गौरवको कुरा हो ।

सेनाभित्र हुने बेथितिलाई हटाउनुपर्छ भन्ने दृष्टिकोणबाट आउने सकारात्मक आलोचनालाई जङ्गी अड्डाले सकारात्मकरुपमा ग्रहण गर्दै आएको छ । सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न विश्वसनीय प्रतिरक्षा प्रणाली र आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुन आवश्यक रहेको प्रधानसेनापति थापाको भनाइ छ ।

समावेशीकरणको सिद्धान्तलाई आत्मसात् गर्दै महिला, विभिन्न जातजाति, समुदाय, लिड, धर्म तथा पिछडिएका वर्गलाई भर्ना हुने यथेष्ट मौका प्रदान गरेकै कारण सेनाको सङ्गठन अहिले सुन्दर फूलबारी बनेको छ । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x