×

NMB BANK
NIC ASIA

चाडपर्वमा नेपालीलाई आवागमन सहज बनाउन भारतीय पक्ष सहमत

असोज ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने नेपालीको सीमा क्षेत्रमा सहज र सुरक्षित आवागमनका लागि भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

Muktinath Bank

शनिबार भारतको गौरीफन्टामा भएको दुई देशबीचको सीमा सुरक्षा समन्वय बैठकमा भारतकातर्फबाट सहभागी सीमा सुरक्षा बल (एसएसबी), भारतीय कष्टम तथा अन्य निकायले चाडपर्वका बेला घर फर्किने नेपालीको यात्रा सुरक्षित बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण झलारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले जानकारी  दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले चाडपर्व लक्षित नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा कार्यक्रम लागू गर्ने विषयमा पनि दुबै पक्षबीच छलफल र समन्वय भएको बताए ।


Advertisment
Nabil box
Kumari

‘चाडपर्वका बेला सीमाक्षेत्रमा नेपालीहरु लुटिने र ठगिने क्रम भएका विगतका घटनालाई मध्यनजर गर्दै हामीले सीमावर्ती भारतीय सुरक्षा निकायसँग सुरक्षित आवागमनका लागि पहल शुरु गरेका छौँ,’ सशस्त्र प्रहरी उपरीक्षक साहुले भने, ‘सीमा क्षेत्रमा हुने लागुऔषध र मानव बेचविखन नियन्त्रणका लागि पनि दुवै देशका सुरक्षा निकायबीच गस्ती र सर्तकता बढाउने सहमति भएको छ ।’

Vianet communication
Laxmi Bank

उनले ब्रह्मदेव, दोधारा चादँनी र गड्डा चौकीमा संयुक्त हेल्प डेस्कलाई थप प्रभावकारी बनाइने सहमति भएको जानकारी दिँदै भने, ‘नागरिकको बढी आवातजावत हुने सिमानामा थप हेल्प डेस्क राख्ने तयारीमा छौँ ।’

उनले सीमा क्षेत्रमा सशस्त्र प्रहरी र एसएसबीको संयुक्त गस्तीसमेत हुँदै आएको बताउँदै पर्वलाई लक्षित गरी सीमा क्षेत्रमा थप सर्तकता अपनाउनुका साथै नयाँ सुरक्षा योजना ल्याइने जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x