मंसिर ४, २०८०
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
असोज ४, २०७६
काठमाडौं–नेपालको बैंकिङ्ग इतिहासमा नै नयाँ अवधारणा स्थापित गरी बैंकिङ्ग क्षेत्रलाई बैज्ञानिक ढंगले परिभाषित गर्दै त्यसलाई उत्कृष्टरुपमा कार्यान्वयन गर्न सफल एनआईसी एशिया बैंकका प्रमूख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा विभूषित हुने भएका छन् ।
मुलुकको समग्र बैंकिङ्ग क्षेत्रमा न्यौपानेले पुर्याएकोे योगदानको कदर गर्दै नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७६ को अवसरमा शुक्रबार उक्त पदवीको घोषणा गरेकी हुन् ।
सरकारले संविधान दिवसका अवसरमा मुलुकका विभिन्न क्षेत्रमा योगदान पु¥याएका ब्यक्तिहरु मध्ये युवा बैंकर न्यौपानेलाई छनौट गरेको हो ।
न्यौपाने नेपालको वाणिज्य बैंकहरुमा हाल कार्यरत प्रमुख कार्यकारी अधिकृतहरु मध्ये सवैभन्दा कम उमेर (३९ बर्ष) का हुन् ।
नेपालको दुर्गम तथा ग्रामीण जिल्ला रसुवामा जन्मिएका न्यौपाने चार्टड एकाउण्टेन्ट समेत हुन् । उनले विद्यालय शिक्षा रसुवा जिल्लाको तत्कालिन धैवुङ गाविसमा पर्ने श्री कालिका हिमालय उच्च माध्यमिक विद्यालयबाट सम्पन्न गरेका थिए ।
कम उमेरमा नै बैंकिङ्ग क्षेत्रमा अभूतपूर्व सफलता हासिल गर्न सफल न्यौपानेबाट मुलुकको बैंकिङ्ग क्षेत्रले ठूलो अपेक्षा राखेको छ ।
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...