×

NMB BANK
NIC ASIA

पहिलोपटक एशिया क्षेत्रीय बाख्रा विज्ञको सम्मेलन हुँदै

असोज ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन– चितवनमा पहिलोपटक एशिया क्षेत्रीय बाख्रा विज्ञको  सम्मेलन हुने भएको छ ।

Muktinath Bank

कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा कात्तिक ३ देखि २३ गतेसम्म उक्त सम्मेलन हुन लागेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय, रामपुर, चितवनको मूल आयोजनामा उक्त सम्मेलन हुने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वविद्यालयले यसअघि सन् २०१७ मा अन्तरराष्ट्रिय भैँसीविज्ञको सम्मेलन र २०१८ मा अन्तरराष्ट्रिय पोल्ट्री सम्मेलनको आयोजना गरिसकेको छ । 
    
इन्टरनेशनल गोट एशोसिएसन, अमेरिकासँगको सहकार्य तथा नेपाल सरकार, पशुपक्षी विकास मन्त्रालय, पशु सेवा विभाग, हेफर इन्टरनेशनल नेपाल, नेपाल कृषि अनुसन्धान परिषद्,  विश्वविद्यालय अनुदान आयोग, मिचिगन स्टेट युनिभर्सिटी, अमेरिका र भारतीय कृषि अनुसन्धान परिषद्अन्तर्गत केन्द्रीय बाख्रा अनुसन्धान संस्थाको सहआयोजनामा सम्मेलन हुन लागेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका कार्यवाहक उपकूलपति प्रा डा शारदा थपलियाले जानकारी दिएका छन् । 
    
सम्मेलनमा अमेरिकाबाट इन्टरनेशनल गोट एशोसिएसनका अध्यक्ष डा बेथ मिलर, उपाध्यक्ष लुसिया सेपे, आगामी वर्ष हंगेरीमा सम्पन्न हुन गइरहेको अन्तरराष्ट्रिय बाख्राविज्ञको सम्मेलन–२०२० आयोजक समितिका अध्यक्ष डा सान्डोर कुकोभिक्स, चीनको हेबेई कृषि विश्वविद्यालय, पशु विज्ञान तथा प्रविधि कलेजका डीन प्राडा यिङ्जी झाङ्ग जापानस्थित मिजो विश्वविद्यालयका प्राडा योशिहाकी हायासीलगायत विश्वका ख्यातिप्राप्त शैक्षिक तथा अनुसन्धान प्रतिष्ठानका विशिष्ट वैज्ञानिक, प्राज्ञ र विद्यार्थीसहित १५ देशका ३०० व्यक्ति सम्मेलनमा सहभागी हुनेछन् । 
    
बाख्राको उत्पादन, उत्पादकत्व एवं गुणस्तर वृद्धिका लागि विविध प्रविधियुक्त आधुनिक खोजमूलक जानकारीको सम्प्रेषण गर्ने, राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा कार्यरत वैज्ञानिक, अनुसन्धान निकाय, विश्वविद्यालय एवं सरकारी र गैर सरकारी सङ्घसंस्थाका बीचमा बृहत् सञ्जाल र सहकार्य गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरलाई भविष्यमा वैज्ञानिक बाख्रापालनको नमूना राष्ट्रिय अनुसन्धान तथा स्रोत केन्द्र बनाउने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको हो । 
    
‘विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने मूल नाराका साथ सम्पन्न हुने सो सम्मेलनमा हालसम्म नेपाल, भारत, पाकिस्तान, क्युवा, संयुक्त राज्य अमेरिका, क्यानाडा, इटाली, जापान, हङ्गेरी, चीन, इण्डोनेसिया, बङ्गलादेश, फ्रान्स, केन्यालगायत १४ देशका बाख्रा विज्ञको उपस्थिति हुने भएको छ । 
      
सम्मेलनमा खाद्य तथा पोषणको स्रोत बाख्रा, बाख्रा उत्पादनको नीति, सामाजिक आर्थिक तथा मूल्य शृङ्खला विकास, बाख्राको आहार, पोषण तथा बासस्थान व्यवस्थापन, आनुवंशिक प्रजनन तथा जैविक प्रविधि व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण, बाख्राजन्य उत्पादनको प्रशोधन प्रविधि विकाससम्बन्धी क्षेत्रलाई समेटेर तीन वटा विशेषज्ञ कार्यपत्र, १४ वटा आमन्त्रित मुख्य विषयवस्तु समेटिएको कार्यपत्र प्रस्तुत गरिने भएको छ । 
    
ग्रामीण जनता, भूमिहीन, सुकुम्बासी, सिमान्तकृत समुदाय, र साना किसानको अर्थतन्त्र, जीविकोपार्जन र पारिवारिक पोषणमा बाख्रापालनले महत्वपूर्ण भूमिका खेलेको छ । नेपालको कूल मासु उत्पादनमा बाख्राको हिस्सा झण्डै २० प्रतिशत छ । पशुपक्षी विभागको तथ्याङ्कमा नेपालमा बाख्रा, खसी र बोकाको सङ्ख्या लगभग एक करोड १६ लाख रहेको अनुमान छ । 
    
विश्वमा करीब ३५१ जातका बाख्रामध्ये एशिया महादेशमा मात्र १४६ जातका बाख्रामध्ये नेपालमा जम्मा चारथरिका रैथाने जातका बाख्रा पाइन्छन् । विश्वका कूल बाख्राको सङ्ख्याको करीब ९२ दशमलव पाँच प्रतिशत र अफ्रिका महादेशमा मात्र रहेको पाइन्छ । विश्वव्यापी बाख्रापालनको तथ्याङ्क हेर्दा सङ्ख्याका आधारमा विश्वमा नेपाल १०औँ स्थानमा रहेको छ । चीन र भारत पहिलो र दोस्रो स्थानमा छन् । 
  
व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको आर्थिक वर्ष २०७४÷७५ को तथ्याङ्कअनुसार नेपालले भारत मलेसिया, इटाली, फ्रान्स, अष्टे«लिया, पोल्याण्ड, जर्मनीलगायतका मुलुकबाट करीब रु पाँच अर्ब बराबरको जिउँदा बाख्रा र मासु आयात गरेको थियो । त्यसमा रु तीन अर्ब २९ करोडको जिउँदो बाख्रा रु १८ करोडको मासु र रु एक अर्ब ८३ करोडको माछा आयात गरेको थियो । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x