कात्तिक २२, २०८०
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
काठमाडौँ - राजधानीमा जारी तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल भुटानसँग पराजित भएको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलएपिएफ)को मैदानमा आज भएको खेलमा साविक विजेता नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित भएको हो ।
हारसँगै समूह ‘ए’ मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना न्यून बनेको छ । यससँगै दुई खेल खेलेको नेपालको एक अङ्क मात्र छ ।
नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो । त्यस्तै जीतसँगै भुटान भने सेमिफाइनलमा पुगेको छ । भुटानले एक खेलमा तीन अङ्क जोडेको छ ।
खेलको पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खायो । नेपालले खेलको ३७औँ मिनेटमा पहिलो गोल खाएको थियो । खेलमा यशी दोर्जीले गोल गर्दै भुटानलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको दोस्रो हाफको ८६औँ मिनेटमा भुटानका केल्जाङ जिग्मीले गोल गरे ।
उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । नेपालका विशाल बस्नेतले डिबक्सभित्र भुटानका खेलाडीलाई लडाएपछि भुटानले पेनाल्टी पाएको थियो । त्यस्तै खेलको ९०औँ मिनेटमा कर्मा सोनामले गोल गर्दै भुटानलाई ३–० को जीत दिलाए ।
यही असोज ७ गते हुने समूहको अन्तिम खेलमा भुटानले माल्दिभ्सलाई चार गोलभन्दा बढीको अन्तरले पराजित गरेमा नेपाल सेमिफाइलमा पुग्नेछ अन्यथा प्रतियोगिताबाट बाहिरिनेछ ।
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...