×

NMB BANK
NIC ASIA

गाई काटेको आरोपमा ३ जना पक्राउ, करेन्ट लागेर १ जनाको मृत्यु

असोज ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बाँके – गाई काटेको अभियोगमा बाँके प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

बाँकेको खजुरा–७ बढुवाको खेतमा बुधबार राति गाई काटेका ३ जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ पर्नेमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् भने १ जना फरार रहेका छन् ।


Advertisment
Nabil box
Kumari

राति गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट प्रहरी टोली त्यसतर्फ गएको थियो । ‘प्रहरी पुग्दा गाई काटेर घरघरमा मासु लगिसकिएको थियो,’ इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाले भने । ३ जनाको घरबाट मासु बरामद गरिएको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

३ जनाको घरबाट ५० किलो गाईको मासु बरामद भएको बताउँदै घटनास्थलमा गाईको टाउको र खुट्टा फेला परेको उनले जानकारी दिए । निरीक्षक थपलियाले पक्राउ परेका तीनै जनाविरुद्ध गौहत्या अभियोगमा मुद्दा दायर गरिने बताए । उनले फौजदारी संहिता २०७४ को परिच्छेद २७ अनुसार कारवाही हुने बताए ।

सो परिच्छेदमा गाई/गोरु मार्न वा कुट्न नहुने व्यवस्था गरिएको छ । यदि कसैले गाई/गोरु मारेमा वा कुनै नियतले चोट पुर्‍याउने काम गरेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र अङ्गभङ्ग पारेमा छ महिनासम्म कैदको व्यवस्था छ । गाई/गोरुलाई चोट पुर्‍याएमा रु ५० हजारसम्म जरिवाना र हत्या गरेमा कैद सजाय र जरिवाना दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

यसैबीच, ग्यारेजमा राखिएको गाडी मर्मत गर्ने क्रममा करेन्ट लागेर नेपालगञ्जमा १ जनाको मृत्यु भएको छ । करेन्ट लागेर कोहलपुर–१२ का अन्दाजी २८ वर्षीय ललित श्रेष्ठको मृत्यु भएको हो । ना६ख ५३६४ नम्बरको गाडीको चक्का निकालेर मर्मत गर्ने क्रममा नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छोइँदा श्रेष्ठलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x