पानीमा भिज्दै यी मोडलले गराइन् फोटोशूट, भइन् ट्रोलको शिकार (तस्वीरसहित)

असोज १३, २०७६

काठमाडौं – वर्षाका कारण जमेको पानीमा फोटोसुट गराउँदा एक मोडल ट्रोल बन्न पुगेकी छिन् ।

ती मोडलले बर्षाका कारण जमेको पानीमा मुस्कुराउँदै फोटो खिचाएकी छिन् । 


ADVERTISEMENT

भीषण वर्षाका कारण भारतको पटना यतिखेर डुबानमा छ । पटनामा आएको भीषण वर्षा र वर्षापछिको डुबानका कारण सबै चिन्तित छन् । यद्यपी वर्षाका कारण जमेको पानीमा फोटोसुट गराउँदा ती मोडल भने मुस्कुराइरहेकी छिन् ।

पानीमा भिज्दै फोटो खिचाउने ती मोडल अदिती सिंह हुन् । 

एक फोटोपत्रकारले उनको तस्वीरहरू इन्स्टाग्राममा शेयर गरेका छन् । यस फोटो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

उनका फ्यानहरूले उनको समर्थन गरेपछि अधिकांशले विपक्षमा कमेन्ट गरेका छन् । उनीहरूले चर्चाका लागि यस्तो हर्कत गरेको बताएका छन् । उनीहरूले भनेका छन्, यो सबै चर्चाका लागि गरिएको हो, बाढीको कारण भएको त्रासदीको देखाउन होइन । एजेन्सी
 

एजेन्सी

असोज १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस