मोटोपनका कारण मानिसहरूको यौनेच्छामा कमी आएको सर्वेक्षणको निष्कर्ष

असोज १८, २०७६

काठमाडौं – भारतमा हालै एक हजार मानिसमाथि गरिएको एक सर्वेक्षणले मोटोपनका कारण मानिसहरूमा यौनेच्छाको कमी भएको खुलासा भएको छ । 

म्याक्स अस्पतालको मेटाबोलिक यान्ड ब्यारियाट्रिक सर्जरी डिपार्टमेन्टका अध्यक्ष डाक्टर प्रदीप चौबेले बताए, ‘मोटोपनको सर्जरीका लागि आउने मानिसले आफूमा मधुमेह, हाइपरटेन्सन र मुटुरोगको गुनासो गर्ने गरेका छन् । अनि मोटाएपछि आफूहरूलाई कामेच्छा कम भएको पनि उनीहरूले बताए । सर्जरी गरेपछि चाहिँ उनीहरूमा सेक्स ड्राइभ बढेको पाइयो ।’


ADVERTISEMENT

१८ देखि ४५ वर्षसम्मका मानिसमाथि सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा ३२.८ प्रतिशत पुरुष र २३.४ प्रतिशत महिलाले मोटोपनका कारण यौनेच्छामा कमी आएको स्वीकार गरे । 

मोटोपनबाहेक सेक्सप्रति अनिच्छाका अन्य कारणमा पार्टनरमा समस्या, थकान, कामको दबाब, स्ट्रेस अनि बच्चा र परिवार पनि रहेका छन् ।

एजेन्सी

असोज १८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस