भौतिक पूर्वाधार विकास कार्यालय अब सडक पूर्वाधार कार्यालयमा परिणत

असोज १३, २०७६

बुटवल – जिल्लास्थित पूर्वाधार विकास कार्यालयको नाम अब सडक पूर्वाधार विकास कार्यालय हुने भएको छ ।

५ नम्बर प्रदेशको सोमवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्वाधार विकास कार्यालयको नाम संशोधन गरी सडक पूर्वाधार विकास कार्यालय राख्ने निर्णय गरेको हो । 


ADVERTISEMENT

भौतिक पूर्वाधार विकास मन्त्रालयले अन्तर्गत अब पाल्पा, अर्घाखाँची, रुकुम पूर्व र बर्दियामा सडक पूर्वाधार विकासका अस्थायी कार्यालय सञ्चालन गर्ने र नवलपरासी पश्चिम जिल्लालाई रुपन्देहीले हेर्ने गरी व्यवस्था मिलाइएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी दिए । 

कार्यालयमा कर्मचारी व्यवस्थापन भने मन्त्रालय मातहतका कार्यालयबाटै व्यवस्था मिलाइएको मन्त्री गिरीले बताए । बैठकले प्रदेश योजना आयोगको सचिवालयका लागि अस्थायी संगठन संरचना तथा दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले आयोगको सचिवालयका लागि ९ औं र १० औं तहका कर्मचारीसहित १० जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो ।

बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका डिभिजन वन कार्यालयका लागि ५ जना इन्जिनियर र २ जना सबइन्जिनियर गरी ७ जना कर्मचारीको अस्थायी दरबन्दी कायम गरेको छ ।

असोज १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस