×

NMB BANK
NIC ASIA

कफीखेतीतर्फ आकर्षित भए किसान, एक करोड ३२ लाख बराबरको कफी उत्पादन

असोज १४, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

चौतारा –सिन्धुपाल्चोकका किसान कफीखेतीतर्फ आकर्षित हुन थालेका छन् ।

Muktinath Bank

एक पटक रोपेपछि ३५/४० वर्षसम्म उत्पादन दिनुका साथै वृद्धवृद्धा र केटाकेटीले समेत दाना टिप्न सक्ने सजिलो खेती भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन् ।
 
जिल्लामा रु एक करोड ३२ लाख मूल्य बराबरको ३० मेट्रिक टन कफी उत्पादन भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्पादित कफीमध्ये ‘ए’ ग्रेडको पार्चमेण्ट ग्रिनवीच कफीप्रति प्रतिकिलो आठ अमेरिकी डलरमा कोरिया, अष्ट्रेलिया र जापानमा गरी १०.३ मेट्रिक टन निर्यात भई बाँकी स्वदेशमै खपत हुने गरेको जिल्ला कफी सहकारी संघकी अध्यक्ष मन्दु थापाले जानकारी दिइन्।


Advertisment
Nabil box
Kumari

कफीखेतीबाट जिल्लाका किसानले वार्षिक रु ६० हजारदेखि रु एक लाख २५ हजारसम्म आम्दानी गर्न सफल भएपछि खाद्यान्न बालीको तुलनामा यसतर्फ अभिरुचि देखाउन थालेका उनले बताए।
 
कफीको बिरुवालाई छहारीको आवश्यकता पर्ने हुँदा केराखेती, फलफूल र खाली जमीनमा अदुवा, खुर्सानी तथा बेसारखेती गर्न सकिने हुँदा अतिरिक्त आम्दानीसमेत गर्न सकिन्छ ।

Vianet communication
Laxmi Bank

कफी सदावहार बिरुवा भएकाले यसले वातावरण स्वच्छ राख्न र भू–क्षय रोक्नसमेत सघाउ पुर्‍याउँछ । सन् २००८ मा जिल्ला कफी सहकारी संघ स्थापना भएदेखि यहाँ उत्पादित कफी विदेश निर्यात हुन थालेको हो । 

जिल्लामा १२ स्थानीय तहमध्ये लिसङ्खुपाखर र पाचँपोखरी थाङपाल गाउँपालिकाबाहेक सबैमा कफीखेतीको विस्तार गरिएको छ ।

यहाँको हावापानीअनुसार सबैभन्दा उत्तम मानिने बोर्न प्रजातिको अराविक कफीको बिरुवा लगाइएको छ । प्राङ्गारिक प्रमाणपत्रका आधारमा १४ देखि १६ मिलीमिटरको कफी विदेश निर्यात हुने गरिएको छ ।

दिनप्रतिदिन कफी पिउने नेपालीको सङ्ख्यामा वृद्धि हुन थालेपछि बाँकी कफी स्वदेशमै खपत हुने गरेको संघका पूर्वअध्यक्ष एवं केन्द्रीय कफी सहकारी संघका उपाध्यक्ष सुदर्शन बोलखेले बताए।

सिँचाइ र छहारीको कमी भएका केही ठाउँका पुराना बोटमा हाल सेतो गवारा रोग लागेपछि जैविक विधिबाट उपचार भइरहे पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको उनले बताए।

कफीका दाना मङ्सिरदेखि चैतसम्म टिप्ने गरिन्छ । जेठसम्म सबै सङ्कलन भएपछि अरु काम गरिन्छ । यस कार्यमा संलग्न महिला र पुरुष ३०/३२ जनाले रोजगारीसमेत पाइका संघले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x