×

NMB BANK
NIC ASIA

लगानी सम्भाव्यताको खोजीमा सिद्धार्थनगर

असोज १४, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

रुपन्देही –रुपन्देहीको सिद्धार्थ नगरपालिकाले लगानी सम्भाव्यता पहिचान गर्न विभिन्न क्षेत्रसंग छलफल थालेको छ ।

Muktinath Bank

नगरपालिका र जर्मन सरकारको सहयोगमा सञ्चालित जिआइजेडले संयुक्तरुपमा लगानीका सम्भाव्यता खोजी गर्न सामूहिक छलफल थालेका हुन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिआइजेडले नगरभित्र सम्भाव्यता खोजी गर्न प्राविधिक सहयोग गर्ने छ । यसअघि नगरपालिकामा एडिबीको ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना सञ्चालित छ । सम्भाव्यता पहिचानका लागि पहिलो चरणमा नगरक्षेत्रका अगुवासँग छलफल गरिएको छ । 


Advertisment
Nabil box
Kumari

भैरहवा क्षेत्रमा समूहगत रुपमा छलफल गरी कृषि, पर्यटन, उद्योग–व्यवसाय, रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सुझाव सङ्कलन गरिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए। छलफलमा आएका सुझावलाई एकीकृत गरी दीर्घकालीन लगानीको क्षेत्र पहिचान गरिने नगरपालिकाले जनाएको छ । 

Vianet communication
Laxmi Bank

समूहगत छलफलमा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपाने र प्रा डा गितु गिरीको समूहले नगरभित्र रहेका विभिन्न मठमन्दिर, विहार, गुम्बा, मस्जिद तथा चर्चको विकास र सम्वद्र्धन गर्नुपर्ने, पार्क निर्माण, सिद्धार्थ रङ्गशालालाई समयमै सम्पन्न गरी खेल पर्यटन विकास गर्नुपर्ने, शैक्षिक क्षेत्रको विकास गर्नुपर्ने, मुख्य सडकका घरमा अनिवार्य बुद्ध रङ लगाउनु पर्ने, पर्यटनमैत्री नीति बनाउनुपर्ने, कोशेली घर निर्माण, विभिन्न ठाउँमा फ्रि वाइफाइ जोन, बुद्ध जीवनीमा आचारित फोटा प्रदर्शनी, सडक यातायातको विकास, पर्यटक प्रवेश नाका बेलहियामा लुम्बिनीसँग सम्बन्धित डकुमेन्ट्री बनाई कम्तीमा १५ मिनेट पर्यटकलाई देखाएर मात्रै गन्तव्यमा पठाउने वातावरण सिर्जना गर्ने, थान्का प्रदर्शनी, होटल तथा विभिन्न ठाउँमा बुद्ध ध्वनि अनिवार्य गर्नुपर्ने, डण्डा कोरिडोर निर्माण थालनी गर्नुपर्ने सुझाव दिएक छ ।  

यस्तै, उद्योग व्यापार सङ्गठन रुपन्देही अध्यक्ष नारायणप्रसाद भण्डारी र प्रा डा कपिलदेव लामिछाने, शिक्षाविद् बालकृष्ण भट्टराई नेतृत्वको समूहले औद्योगिक क्षेत्रको पहिचान गर्नुपर्ने, कृषि फार्म, अग्र्यानिक खेती, पूर्वाधार विकास, पर्यटन विकास, साना तथा लघु उद्योगको प्रवद्र्धन गरेमा रोजगारी सिर्जना गर्न सकिने सुझाव दिएको छ । 

डा शम्भुकुमार गुप्ता नेतृत्वको समूहले आर्थिक विकासका लागि होटल सञ्चालनको वातावरण निर्माण गर्नुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने, मनोरञ्जनस्थलको विकास गर्नुपर्ने, निर्यातमूलक उद्योग स्थापना र प्रोत्साहनमा जोड दिनुपर्ने, स्वास्थ्य र शिक्षालाई पर्यटन उद्योगसँग जोड्नुपर्ने, मुख्य शहरी क्षेत्रमा खुलास्थानको पहिचान गर्नुपर्ने, भित्री सडक फराकिला बनाई थप कालोपत्रे गर्नुपर्नेलगायतका सुझाव दिएको छ ।

यस्तै पक्लिहवा कृषि क्याम्पसका सह–प्राध्यापक जन्मजय गैरे र भरतकुमार पोखरेल नेतृत्वको समूहले कृषि क्षेत्रको विकासका लागि भूउपयोग नीति लागू गर्नुपर्ने, जमिनलाई सहकारी माध्यमबाट एकीकृत गरी सञ्चालन गर्नुपर्ने, लगानीकर्तालाई सहजरुपमा जमीन उपलब्ध गराउने वातावरण सिर्जना गर्नुपर्ने, सहकारी, टोलविकास समिति, महिला समूह, कृषक समूहमार्फत करेसाबारीमा ताजा तरकारी उत्पादनका लागि तालिम प्रदान गर्नुपर्ने, बीउबिजन उपलब्ध गराउनु पर्ने, नगरका पहिचानयुक्त क्षेत्रको विकास र प्रचारका लागि बेला बखत महोत्सव गर्नुपर्ने, दुग्ध उत्पादन सहकारी स्थापना गर्नुपर्ने, कृषिउपज केन्द्र स्थापना, कृषि क्षेत्रको अनुसन्धानका लागि नगरले छुट्टै अनुसन्धान केन्द्र स्थापना गर्नुपर्नेलगायतका सुझाव दिएका छन् । नगर उपप्रमुख उमा काफ्लेले आएका सुझावलाई समेटेर नगर विकासको मुख्य आधार तयार गरी लगानीकर्तालाई आह्वान गर्ने बताए। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x