×

NMB BANK
NIC ASIA

दशैँमा पनि व्यापार नहुँदा व्यवसायीहरु चिन्तित

असोज १४, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

चितवन –जिल्लाको मुख्य बजार नारायणगढमा दशैँको संघारमा पनि आशा गरे जस्तो व्यापार नभएपछि व्यवसायीहरु चिन्तित भएका छन् । गाउँगाउँसम्म व्यवसाय विस्तार हुँदै गएपछि सामान किन्न मुख्य बजारमा आउने क्रम घटेर गएको हो ।

Muktinath Bank

यसै बजारबाट छिमेकी जिल्लामासमेत सामान जाने गरेकोमा सो क्रम पनि घटेर गएको छ । उद्योग वाणिज्य संघचितवनका अध्यक्ष सहनलाल प्रधान बजारमा चहलपहल कम भएको बताउँछन्। टोलटोलमा राम्रा सपिङ सेन्टर खुलेपछि बजार आउने क्रम घटेको उनको भनाइ छ । अनलाइन सपिङ, आवश्यक भन्दा बढी पसललगायतका कारण पनि बजारमा व्यापार घटेको प्रधानको ठम्याइ रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किराना व्यवसायी संघचितवनका अध्यक्ष ईश्वरीप्रसाद खराल हरेक वर्ष व्यापार घट्दै गएको बताउँछन्। गत वर्षको भन्दा आधा पनि व्यापार यसवर्ष नभएको उनको भनाइ छ । सामान मगाएर बिक्री गर्न व्यवसायी डराएको भन्दै उहाँले विभिन्न नाममा बुझाउनुपर्ने करका कारण व्यवसायी आजित र त्रशित भएको बताए। व्यवसायी कर तिर्न चाहान्छन् तर कति ठाउँमा कर तिर्ने हो खरालले प्रश्न गरे ।


Advertisment
Nabil box
Kumari

व्यापार घट्ने र खर्च बढ्ने हुँदा व्यवसायी धानीन मुस्किल भएको उनी बताउँछन्। फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष खिमलाल अर्याल भाटभटेनी, चौधरी जस्ता ‘मल’ र गाउँगाउँका पसलका कारण ग्राहक बजार आउने सङ्ख्या घटेको बताउनुहुन्छ । विगत २६ वर्षदेखि बजारमा व्यवसाय गर्दै आउनुभएका अर्याल अघिल्ला वर्षको तुलनामा खर्च दोब्बर भएको तर व्यापार आधा भएको बताउँछन्। पुरानो पसल भएकाले पसलनै बिक्री गर्न खोज्दा बिक्री नहुने र व्यापार पनि नहुने भएकाले धानेर कति दिन बस्ने अन्योलमा परेको आर्यलले गुनासो गरे।

Vianet communication
Laxmi Bank

एउटै फेन्सी पसलमा रु ५० लाख भन्दा बढी लगानी हुने भन्दै उनले त्यसको ब्याज, बढ्दो घरभाडा र कर्मचारीको पारिश्रमिकका कारण व्यवसायी दिनानु दिन धरासयी बन्दै गरेको बताए।

कपडा व्यवसायी संघचितवनका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ हरेक वर्ष व्यापार घट्दो क्रममा रहेको बताउँछन्। थोक र खुद्रा दुबै व्यवसाय प्रभावित भएको उनको भनाइ थियो । बाउबाजेले गरेको पेशा भएकाले छोड्न नसकेको भन्दै उनले भने, 'जानेको यही हो । छोडेर के गर्नु । फसेको फस्यै भइयो ।'

नारायणगढ बजारमा सीमित स्थानमा मात्र पार्किङ् रहेको छ । तीनपाँग्रे सवारी सञ्चालन गर्न पाइदैन । यी कारणले पनि ग्राहक बजार आउन रुचाउँदैनन् । यससँगै एउटै सटरको भाडा रु ५० हजारसम्म पर्ने गर्दछ । जसका कारण बिक्री मूल्य बढी हुने ग्राहकको अनुमान छ । यसैले गर्दा पनि ग्राहकको रोजाइँ बजार कम हुँदै गएको छ ।

भरतपुरको ओरालोमा सुविधा सम्पन्न भाटभटेनी र सिजी मल शुरु भएको छ । भाटभटेनीमा आवश्यक सबै सामग्री एकै स्थानमा पाइन्छ । सिजीमा ब्राण्डेड सामग्री पाइन्छ । दुवै स्थानमा पार्किङ्को सुविधा रहेको छ । ती ठाउँ वातावरण अनुकूलित भएकाले ग्राहकको रोजाइँमा परेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x