×

NMB BANK
NIC ASIA

अनुगमन नहुँदा तरकारीको मूल्य मनपरी

असोज १६, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

गाईघाट –दशैं नजिकिएको बेला अहिले उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशाला छेउको तरकारी बजारमा अनुगमन नहुँदा व्यापारीले मनपरी मूल्यमा बिक्री गर्न थालेका छन् ।

Muktinath Bank

स्थानीय तह, उद्योग वाणिज्य सङ्घ र प्रहरी सहितको टोलीले बजारको अन्य क्षेत्रमा बजार अनुगमन गरेपनि अहिलेसम्म तरकारी बजारको अनुगमन नगर्दा तरकारी व्यापारीले मनपरी मूल्यमा तरकारी बिक्री गर्ने गरेको उपभोक्ताको आरोप छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाईघाटका  शारदा खड्काका अनुसार तरकारी व्यापारीले अहिले हप्तादेखियता दैनिक तरकारीको मूल्य बढाउने गरेका कारण उपभोक्ता मारमा पर्न थालेका छन् ।


Advertisment
Nabil box
Kumari

खड्का भनिन्छन्, '३० रुपैयाँ प्रतिकिलोको आलु एक हप्ताभित्र मूल्य बढेर अहिले ८० रुपैयाँसम्म प्रतिकिलो मूल्य पुग्यो, १५० किलोबाट गोलभेँडाकोे मूल्य एक हप्तामा रु २८० प्रतिकिलो पुग्यो, व्यापारीले दैनिक प्रतिकिलो तरकारीमा रु १० देखि २० मूल्य वृद्धि गर्दे लगेका छन् ।'

Vianet communication
Laxmi Bank

अहिलेसम्म तरकारी बजारको अनुगमन नभएको कारण व्यापारीले मनपरी मूल्य वृद्धि गरेपछि उपभोक्ता साह्रै महङ्गीको मारमा परेको अर्का स्थानीयवासी खगेन्द्र कार्की बताउँछन्।

कार्की भन्छन्,'प्याजको मूल्यवृद्धि भएको निहुँमा तरकारी व्यापारीले अन्य तरकारीको मूल्य पनि मनलाग्दी बढाए, उपभोक्ताको समस्याबारेमा स्थानीय तह वा उद्योग वाणिज्य सङ्घ र मिडियाले पनि ध्यान दिएन ।'

स्यानीयवासी कुमार राउत भन्छन्, 'अहिले प्याजको मूल्य वृद्धि भएको हामीले सुनेका हौँं, प्याज बाहेक अन्य वस्तुको पनि मूल्य प्याज जस्तै मनपरी दिनानुदिन बढिरहेको छ, अनुगमन  नहुँदा उपभोक्ता मारमा पर्नुपरेको छ ।'

त्रियुगा नगरपालिका–१० का वडाध्यक्ष तथा नगरपालिका अनुगमन समितिका सदस्य प्रकाश खड्काले अन्य क्षेत्रमा बजार अनुगमन भइरहे पनि तरकारी बजारको अनुगमन र तरकारीको मूल्य समायोजन गर्न नभ्याइएको बताए।

यसको पनि अनुगमन शुरु गर्ने पक्षमा नगरपालिका रहेको सदस्य खड्काले बताए। जिल्ला प्रशासन, घरेलु, नगरपालिका प्रहरीसहितका टिमले बजार अनुगमन गरिरहेको भएपनि तरकारी बजारको अनुगमन र मूल्य समायोजनको अनुगमन  हुन नसकेको अनुगमन समितिका सदस्यहरु नै बताउँछन् ।

तरकारी व्यापारी स्वाभावले प्याजसँगै अन्य तरकारीको मूल्य बढेर आएका कारण आफूहरुले महङ्गो मूल्यमा बिक्री गर्न परेको तरकारी व्यापारी राधा चौधरीले बताइन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x