कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
बुटवल – नेकपा महासचिव विष्णु पौडेलले २/४ जना उफ्रिँदैमा अहिलेको व्यवस्थामा कुनै असर नपुग्ने बताएका छन् ।
‘अहिले बजारमा केही फट्याङ्ग्राहरू उफ्रेर गालामा लात्ती हान्ने कोसिस गरेका छन्,’ बिहीवार नेकपा बुटवल नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले भने, ‘फट्याङ्ग्राहरू उफ्रिँदैमा अहिलेको व्यवस्था परिर्वतन सम्भव छैन । यो त जनताको संघर्षबाट स्थापना भएको व्यवस्था हो ।’
‘गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता हामीले ल्याएको व्यवस्था हो । राजा महाराजाले उपहार दिएका होइनन् । कसैको कृपा होइन । यो व्यवस्था कसैले चाहँदैमा परिर्वत हुँदैन, कोही उफ्रिँदैमा केही हुँदैन,’ उनले भने ।
रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्व अर्थमन्त्री पौडेलले संघर्षको परिणामबाट बनेको व्यवस्था र संविधानलाई केही व्यक्तिले चाहँदैमा परिवर्तन सम्भव नभएको दाबी गरे । ‘नेपालको नयाँ संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको छ । हाम्रो संविधान संसारका जुनसुकै देशको भन्दा कमसल छैन । सबै दृष्टिले उपयुक्त छ,’ उनले भने ।
यस क्षेत्रको विकास निर्माणमा लागि आफू सधै सबै राजनीति दलसँग सहकार्य गरेर अगाडि बढेको बताए । अहिलेको सरकार विकासमा सही र सन्तुलित नीति अगाडि सारेको बताए । उनले सरकारको मूल्यांकन जनताले निर्वाचनबाट गर्ने बताए ।
‘हामीले प्रदेश, संघीय र स्थानीय तहको निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरू पूरा गर्दै अगाडि बढेका छौं । हाम्रा घोषणापत्रमा रातो धर्का लगाउनुहोस्,’ उनले भने, ‘हामी ५ वर्षभित्र सबै वाचा पूरा गरेर छाड्छौं ।’ अहिलेको नेकपा नेतृत्वको सरकारले गरीबी, बेरोजगारी र सुकुम्बासी समस्या पूरा गर्ने पौडेलको दाबी छ ।
पौडेलले यस वर्ष बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा निर्माण गर्ने सुरूङ मार्गको डीपीआर हुने दाबी समेत गरे । रुपन्देहीका ठूला विकास निर्माणका आयोजना अगाडि बढेको भन्दै यी आयोजनाहरू सफल बनाउन सबै मिल्नुपर्ने बताए ।
कार्यक्रममा ५ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी, नेकपा रुपन्देहीका अध्यक्ष शिव सुवेदी, जिल्ला समन्व्य समितिका सभापति एकराज विक, राष्ट्रिय सभाका सचेतक खिमलाल भट्टराई, प्रदेशसभा सदस्य दधिराम न्यौपाने लगायतले बोलेका थिए ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...