लागूऔषधसहित सामाखुशी र कलंकीबाट ५ जना पक्राउ

असोज १६, २०७६

काठमाडौं – नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले लागूऔषध मेथ एम्फेटामाइनसहित पोखराका भुवन अधिकारी, पर्साका हाफिज नसिम अख्तर तेली, तनहुँका रजिया खातुम, पर्साका महमद शहीद अख्तर र भारतका जोसाङ लियानालाई बुधवार पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो । 


ADVERTISEMENT

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले लागूऔषध बेचबिखन गर्न लागेको अवस्थामा अधिकारी र तेलीलाई सामाखुशी र खातुम, अख्तर र लियानालाई कलंकीबाट पक्राउ गरिएको जानकारी दिए । ‘पक्राउ परेका पाँचैजना एकै समूहको भएको अनुसन्धानमा खुलेको छ,’ उनले भने । 

पक्राउ परेकासँग प्रहरीले १ किलोग्राम ४५० ग्राम मेथ एम्फेटामाइन तथा १०० ग्राम खात जस्तो देखिने लागुऔषध बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

असोज १६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस