गलत पोजिसनमा सुत्दा स्वास्थ्यलाई यस्ता बेफाइदा हुन्छन्

असोज १७, २०७६

सबैजना आरामले सुत्न चाहन्छन् । सुत्दाखेरी शरीरको थकान कम हुन्छ । बिहान उठ्दा ताजापन र फुर्ती प्राप्त हुन्छ । तर केही मानिसलाई दिनभरि काम गरेर थकान भएपनि राम्रो निद्रा लाग्दैन अनि बिहान उठ्दा

कम्मर दुख्ने र छाती पोल्ने जस्ता समस्या आइलाग्छन् । यी सबै समस्याहरू सुत्ने तरिकाले गर्दा आइलाग्ने हो । यहाँ हामी सुत्ने गलत तरिकाका बारेमा बताउँदैछौं । 


ADVERTISEMENT

पेट थिचेर सुत्नु सबभन्दा खतरनाक हुन्छ । यसरी सुत्दा ढाड दुख्ने, गर्दनमा पीडा हुने जस्ता समस्या आइलाग्छन् । ओछ्यानमा भएका ब्याक्टेरिया यसरी सुत्दा अनुहारमा आइलाग्छन् र अनुहारमा दाग र फोका आउँछ । बिहान उठ्दा गर्दन पनि अररो हुन्छ । पेट थिचेर कहिल्यै नसुत्नुस् । 

सीधा नसुत्दा राति सास फेर्न पनि गाह्रो हुन्छ र मेरुदण्डको हड्डी पनि बांगिन्छ । 

केही मानिस हात माथि पारेर सुत्छन् । यसो गर्दा हातमा दबाब पर्छ र दुख्न थाल्छ । 

राम्रो निद्राका लागि देब्रेतर्फ कोल्टे परेर सुतेको ठीक हुन्छ । अनि राति घरिघरि कोल्टे फेरेर सुत्ने गर्नुस् । 

एजेन्सी

असोज १७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस