×

NMB BANK
NIC ASIA

विकासमा 'व्यवधान' !

सडक विस्तार रोकिँदा बिग्रियो बुटवलको मुहार

असोज १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – बुटवलको मुुटुु (राजमार्ग चौरहा—गोलपार्क) सडक विस्तार कार्य लामो समयदेखि रोकिँदा अन्यौल देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सडकको जग्गा भएपनि ८२ फुुटभित्र घर पर्ने घरधनीले सडक विस्तार कार्यलाई रोक्न माग गर्दै अदातलमा मुुद्दा दर्ता गर्दा लामो सडक आयोजनाले विस्तारको काम अगाडि बढाउन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल बजार क्षेत्रको सडक विस्तार कार्यलाई निरन्तरता दिनुुपर्ने नेकपा महासचिव विष्णु पौडेलले आग्रह गरेका छन् । पौडेलले भने, ‘यो बजार क्षेत्र मात्र होइन । यो सिद्धार्थ राजमार्ग चीनको कोरला पुुग्ने राजमार्ग हो । यो खुुम्च्याउन खोज्नु किमार्थ स्वीकार्य छैन । यो छिट्टो विस्तार गरिनुुपर्छ । पत्रकारहरूले पनि यो सडक भत्काउने वातावरण बनाउनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

‘अदालतले केही समय रोक्दैमा यो सडक खुम्चिँदैन । यो सडक तलमाथि हुुँदैन । यो बुटवल सडकको अनुुहार बिगारिँदैन । सडक विस्तार हुुन्छ/हुुन्छ,’ उनले भने ।

Vianet communication
Laxmi Bank

सडकले पटक–पटक मुुद्दा हारेपनि सडक विस्तार नरोकिने पौडेलले बताए । ‘यो आयोजना बुटवल बेलहिया अन्तर्गतको हो । बुटवल चौराहादेखि सुुनौलीसम्म यो सडक जोडिइसकेको छ,’ उनले भने, ‘बुटवलका घरहरू भत्काउन अदालतले रोक्दा सडकको सुुन्दरता नै गुुमेको छ । यहाँ झण्डै ३ सय घरहरू भत्काउनुपर्ने अवस्थामा छन् । तीमध्ये केही घरहरू घरधनीले आफैं भत्काइसकेका छन् ।’

आयोजना २०६८ सालदेखि शुरू भएको हो । विस्तार कार्यले गति लिन नसक्दा १० वर्ष हुुन लाग्दा समेत २७ किलोमिटर सडक पूरा हुुन यतिका वर्ष लागेको हो तर यहीँ सडकको मुख्य मुटुमा पर्ने बुटवल बजार क्षेत्रको सडक विस्तार कार्य सडकको फुटपाथ मिचेर संरचना बनाउनेका घर भत्काउन नसक्दा सडक विस्तार ३ वर्षदेखि अल्झियो । 

बुटवलको विकास, उन्नति र प्रगतिमा अवरोध गर्ने केही व्यक्तिविरुद्ध अन्तिम कसरत स्वरुप डोजर चलाएर घर भत्काउने निचोडमा बुुटवल बेलहिया सडक विस्तार आयोजना पुगेको छ ।

केही महिना आयोजनाले सडक सीमाभित्र अनाधिकृत ढंगले बनाइएका घर टहरा भत्काउन र कानुनी रूपमा आफनो नाममा लालपूर्जा भएको भए प्रमाणसहित मुआब्जाका लागि निवेदन दिन सूचना जारी गरेको थियो तर त्यो बेला पनि घरधनीले यथेष्ट प्रमाण पेश गर्न सकेनन् । 

अदालतको आदेशले सडकले आफ्नो क्षेत्राधिकार भित्रको जग्गा पनि उपयोग गरेर विस्तार रोकिएको छ । बरु पैसा उठाएर घर भत्कनबाट रोक्न शक्तिकेन्द्र नेताको घरघरमा पुुगे । जग्गाको स्वामित्व आफ्नो नाममा रहेको प्रमाण पेश गर्न नसके अतिक्रमित घर भत्काउने बताएको छ । आयोजना प्रमुुख जिबेन्द्र मिश्रले अदालतको पटक–पटकको आदेशले सडक विस्तार कार्यलाई शुरू गर्न समस्या देखिएको बताए । घरधनीले प्रमाण पेश गर्न नसके सडक ओगटेर बनेका संरचनाहरु भत्काउन शुरू गर्ने उनले बताए । २०३४ साल असार २० गतेभन्दा अगाडि बनेको हुनुपर्छ ।

सडक विस्तारका क्रममा घर भत्काउने कार्यको विवाद अदालतसम्म पुगेको थियो । २०७५ वैशाख १२ मा उच्च अदालत तुलसीपुर बुटवल इजलासको फैसलापछि सडक विस्तारको काम रोकिएको थियो । अदालतको फैसलामा प्रक्रिया नपुर्‍याइ घर नभत्काउन र भत्काए मुआब्जाको व्यवस्था गरी विस्तारको काम थाल्न भनेको थियो । 

अदालको फैसला आफू अनुकूल आएको भन्दै सडक संरचना मिचेर घर बनाएका व्यवसायी र घरधनी हर्षित भए । आयोजना कुनै पनि हालतमा सडक विस्तार गरेरै छाड्ने निचोडमा पुग्यो । अनि सर्वोच्च अदालत गयो ।

सर्वोच्चले पनि उच्च अदालतको फैसला दोहोर्‍याएर हेर्न नपर्ने आदेश दियो । सडकको दायाँ–बायाँ २५/२५ मिटरभित्र घर जग्गा भएमा सोही अवधिभित्र मुआब्जा लगत संकलनको लागि निवेदन दिन आग्रह समेत गरिएको छ । आयोजनमा १ सय २० जना घरधुुरीले निवेदन दिएको आयोजनाले बताएका छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x